Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बर्दिया

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (१९ मिनेट अघि)
Post Thumbnail

बर्दिया, ३० कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्ने र घरायसी खर्च जुटाउनुपर्ने भएपछि किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान बिक्री गरिरहेका छन् ।

गुलरिया नगरपालिका–१२ भैसाहीका अगुवा किसान जगमोहन थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद नगर्दा सस्तो मूल्यमा धान बिक्री गर्नुपरेको बताउनुभयो । उहाँले प्रतिक्विन्टल रु दुई हजार ८०० का दरले ३०० क्विन्टल धान बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदेबाली लगाउन खेत जोत्ने खर्च र घरायसी आवश्यकता पूरा गर्न धान सस्तोमा बिक्री गर्नुपरेको छ ।” उहाँजस्तै बढैयाताल गाउँपालिका–७ का किसान रामदेव थारूले पनि सस्तो मूल्यमा धान बिक्री गर्नुभएको छ । मल तथा हिउँदेबालीका लागि बीउ खरिद गर्न रकम अभाव भएपछि शनिबार धान बिक्री गरेको उहाँले बताउनुभयो ।

बर्दियामा अहिले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० मा बिक्री भइरहेको छ । बढैयाताल गाउँपालिका–५ बढैयागाउँका गल्ला व्यापारी सुरेश थारुले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० र मसिनो धान रु चार हजारका दरले खरिद गरिरहेको बताउनुभयो ।

बर्दियामा धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले मङ्सिर ३ गतेदेखि धान खरिद गर्ने जनाएको छ । गत वर्ष कात्तिक १९ गतेदेखि खरिद सुरु गरेको कम्पनीले यस वर्ष करिब दुई साता ढिलो प्रक्रिया अघि बढाउँदा किसानले आधाभन्दा बढी धान सस्तो मूल्यमा बिक्री गरिसकेको नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीले बताउनुभयो । किसानको धान समयमै खरिद गर्न कम्पनीलाई दबाब दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी चेतमान कठायतले गत वर्षझैँ यस वर्ष पनि बर्दियाका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने अनुमति प्राप्त भएको बताउनुभयो ।

जिल्लाको प्राथमिक खरिद समितिले बीचमा तिहार बिदा परेका कारण मङ्सिरको पहिलो सातादेखि धान खरिद गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाका आठवटै पालिकाबाट प्रतिपालिका तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने योजना रहेको कठायतले बताउनुभयो । उहाँका अनुसार २४ हजार क्विन्टल धान पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको आफ्नै परिसरबाट खरिद गरिनेछ ।

सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको रु तीन हजार ८६० तोकेको छ । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ तोकिएको थियो ।

बर्दियामा ५० हजार एक सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तुमान चौधरीले बताउनुभयो ।

  • बर्दिया
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो

  • यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

  • Post Thumbnail

    वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

  • Post Thumbnail

    पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलको लिग चरण सकियो

    Post Thumbnail

    सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

    सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

    सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

    Post Thumbnail

    दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution