Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (२ घण्टा अघि)
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दी, २८ कात्तिक : धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ । म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ कार्यक्षेत्र भएको उक्त कार्यालय सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको हो । जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले उद्घाटन गर्नुभयो ।

मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णय अनुसार म्याग्दीमा डिभिजन कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर जनकराज पन्तले जानकारी दिनुभयो । “पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णय कार्यान्वयनका क्रममा म्याग्दीमा डिभिजन स्थापना भएको हो,” उहाँले भन्नुभयो “डिभिजन मार्फत वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक, पुल र झोलुङ्गे पुल निर्माण एवं स्तरोन्नति गर्ने योजनाहरु सञ्चालन हुनेछन् ।”

क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री र विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने पन्तले बताउनुभयो । चालु आर्थिक वर्ष २०८३÷८४ मा डिभिजन कार्यालय मार्फत ११ वटा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, १५ वटा स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार, दुईवटा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र दुईवटा स्थानीय तहको केन्द्र जोड्ने सडक विकास कार्यक्रम रहेका छन् ।

विभागबाट योजना तथा बजेट बाँडफाँट भएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने इञ्जिनियर साधना तिवारीले बताउनुभयो । कार्यालयमा हाल सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा १४ जना स्थायी प्रकृतिका प्राविधिक तथा प्रशासनिक दरबन्दी छन् ।

नयाँ कार्यालय स्थापनासँगै चार जिल्लामा पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र समन्वयमा सहजता हुने अपेक्षा गरिएको गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो । “यसअघि पोखरामा कार्यालय हुँदा योजना छनौट, कार्यान्वयन, अनुगमन, समन्वय र गुनासो ब्यवस्थापनमा समस्या भएको थियो,” उहाँले भन्नुभयो “कार्यालय स्थापना गर्न भूमिका खेल्ने म्याग्दीका प्रतिनिधीसभा सदस्य समेत रहनुभएका विज्ञान, प्रबिधी तथा नवप्रर्वतन मन्त्री महाविर पुन लगायत संघीय मन्त्रीपरिषद्लाई जिल्लाबासीको तर्फबाट धन्यवाद् व्यक्त गर्दछौ ।”

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख डिलकुमारी खत्रीले पूर्वाधारसँगै कालीगण्डकी बेसिनमा नदी नियन्त्रण र बस्ति संरक्षण आयोजना कार्यान्वयन गर्ने गरि म्याग्दीमै संघीय सरकारको जलस्रोत तथा सिचाई ब्यवस्थापन र खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय पनि स्थापनाको तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले कार्यालयबाट योजनाहरुको जनअपेक्षा अनुसार गुणस्तरीय र निर्धारित समयमै प्रभावकारी कार्यान्वयनको अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

  • पर्वत
  • मन्त्रिपरिषद्
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान

  • Post Thumbnail

    विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

  • Post Thumbnail

    बाँकेमा सहकारीद्वारा धान खरिद

  • Post Thumbnail

    हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

    Post Thumbnail

    पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    Post Thumbnail

    जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

    Post Thumbnail

    परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution