Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नेपालगञ्ज

बाँकेमा सहकारीद्वारा धान खरिद

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (४ घण्टा अघि)
Post Thumbnail

नेपालगञ्ज (बाँके), २८ कात्तिकः बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ ।

सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री गर्न सहज भएको छ ।

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले किसानले उत्पादन गरेका विभिन्न जातका धान उचित मूल्यमा खरिद गरिरहेको छ । सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले स्थानीय किसानलाई उत्पादनको उचित मूल्य दिलाउनुका साथै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद अभियान सञ्चालन गरिएको बताउनुभयो ।

“स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएर खरिद सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “किसानका मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ ।” सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपियाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपियाँ र हाइब्रिड धान दुई हजार ७५० रुपियाँका दरले खरिद गरिरहेको छ । धान बिक्री गर्न इच्छुक किसानले सहकारीको गोदाम वा सङ्कलन केन्द्रमा आफ्नो उत्पादन ल्याउन सक्ने व्यवस्था मिलाइएको छ ।

गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई बजारीकरणमा सहज हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रबन्धक वलीले बताउनुभयो ।

सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य आबद्ध छन् । किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित गोदाममा व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले जानकारी दिनुभयो ।

सहकारीले धान खरिदसँगै किसानलाई बिउ उत्पादनमा प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बिउ धान सहकारीले खरिद गर्ने गरेको अध्यक्ष वलीले बताउनुभयो ।

किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपियाँ लगानीमा यस वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ ।

मिल सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी तथा पिसानीको सुविधा लिन सहज भएको अध्यक्ष वलीले बताउनुभयो । स्थानीयस्तरमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानको व्यावसायिक कृषिप्रतिको आकर्षण बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

किसानको उत्पादन खरिद, बिउ उत्पादनमा प्रोत्साहन तथा प्रशोधन र बजारीकरणको व्यवस्था सहकारीमार्फत हुन थालेपछि स्थानीय कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले सहकारीले गाउँमै धान खरिद गर्न थालेको कार्यले किसानलाई राहत पुग्ने बताउनुभयो । उहाँले स्थानीयस्तरमै उत्पादन बिक्री गर्न पाउने व्यवस्थाले किसानलाई आफ्नो उपजको बजारीकरणमा सहज हुने धारणा व्यक्त गर्नुभयो ।

  • नेपालगञ्ज
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान

  • म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

  • Post Thumbnail

    विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

  • Post Thumbnail

    हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आज विश्व मधुमेह दिवस

    Post Thumbnail

    छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

    Post Thumbnail

    पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    Post Thumbnail

    जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution