
बागमती, २८ कात्तिकः हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।
सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा मकवानपुर र बाराबाट स्वयंसेवकसहित १५० जना सहभागी हुनेछन् । बाराबाट ४२ जनाका साथै मकवानपुरसहित १३२ जना सहभागी हुनेछन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बूढीचौरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको साइकल यात्रा हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित हुप्राचौरबाट प्रारम्भ हुनेछ । यात्रा कान्ति लोकपथ–चौहडा–शिखर कटेरी–गैरी भञ्ज्याङ–कुर्ले–सुकौरा–बूढीचौरमा समापन हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |