Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २७, शुक्रबार (१ घण्टा अघि)
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवा, २७ कात्तिकः रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो । गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला तालतलैयामध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा लिने गरिन्छ ।

समुद्री सतहबाट उच्च हिमाली क्षेत्रमा रहेको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि भैरवकुण्ड अवस्थित छ। स्थानीय तामाङ समुदायले यसलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा चिन्ने गरेका छन् ।

गोसाइँकुण्डलाई शुद्धता, जीवन र आशीर्वादको प्रतीक मानिन्छ भने भैरवकुण्डलाई भय र निषेधको प्रतीकका रूपमा बुझिन्छ । यही धार्मिक मान्यताका कारण गोसाइँकुण्ड दर्शन गर्न पुग्ने तीर्थयात्री भैरवकुण्डमा स्नान गर्दैनन् । गोसाइँकुण्डको परिक्रमा गरी फर्किँदा भैरवकुण्डतर्फ फर्केर हेर्नसमेत नहुने जनविश्वास छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङका अनुसार गोसाइँकुण्डमा श्रद्धापूर्वक स्नान गर्ने तीर्थयात्री भैरवकुण्डमा भने नहेरी र नस्नाई अगाडि बढ्ने परम्परा छ । उक्त परम्परालाई निरन्तरता दिँदै आगन्तुकलाई जानकारी दिन सुरक्षित पदमार्ग निर्माण र सूचना पाटी राख्ने योजना वडा कार्यालयले बनाएको उहाँले बताउनुभयो ।

भैरवकुण्डको उत्पत्तिसँग हिन्दू र बौद्ध धर्मका विभिन्न पौराणिक कथा तथा जनश्रुति जोडिएका छन् । हिन्दू धार्मिक मान्यताअनुसार सत्ययुगमा भगवान् शिवले ब्रह्माको शिर छेदन गरेपछि लागेको दोष निवारण गर्न तथा शारीरिक कष्ट शान्त पार्न गोसाइँकुण्डभन्दा तल यो कुण्ड निर्माण गरी तपस्या गर्नुभएको थियो ।

अर्को कथनअनुसार देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको विष सृष्टिको रक्षाका लागि महादेवले पिउनुभएको थियो । घाँटीमा अड्किएको विषको डाह सहन नसकी महादेवको शरीरबाट बगेको पसिना जमेर भैरवकुण्ड बनेको विश्वास गरिन्छ । विषयुक्त पसिनाबाट कुण्ड बनेको मान्यताका कारण यहाँ विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वास छ ।

बौद्ध धर्मसँग सम्बन्धित जनश्रुतिअनुसार भने महादेवका दाजु ‘छोना’ ले भैरवकुण्ड निर्माण गरेका हुन् । रसुवाका लेखक फुर्पा तामाङद्वारा लिखित ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म–संस्कृति’ पुस्तकमा उल्लेख भएअनुसार स्वच्छ बासस्थानको खोजीमा निस्किएका दाजुभाइमध्ये दाजु छोनाले उपयुक्त स्थान भेटेपछि भाइलाई बिर्सिए । दाजुको व्यवहारबाट क्रोधित महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भनी श्राप दिएको कथन छ ।

त्यही श्रापका कारण छोनाले बनाएको कुण्ड कालोकुण्ड अर्थात् भैरवकुण्ड र महादेवले बनाएको कुण्ड सेतोकुण्ड अर्थात् गोसाइँकुण्ड कहलिएको जनविश्वास रहेको पुस्तकमा उल्लेख छ ।

धुन्चेका स्थानीय तथा लामा गुरु रिन्जेन घलेका अनुसार बौद्ध र तामाङ परम्परामा गोसाइँकुण्डलाई ‘छोकर’ अर्थात् शुद्ध सेतो कुण्ड र भैरवकुण्डलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा बुझिन्छ । भैरवकुण्डमा क्रोध र विसर्जनको ऊर्जा रहने धार्मिक विश्वासका कारण त्यहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध गरिएको उहाँ बताउनुहुन्छ । यस्तो मान्यताले प्रकृति र धार्मिक आस्थाप्रतिको अनुशासनलाई पनि झल्काउने उहाँको भनाइ छ ।

भैरवकुण्डसँग तामाङ समुदायको गोले थरका मानिसको विशिष्ट कुलपरम्परा पनि जोडिएको छ । पुख्र्यौली कथनअनुसार प्राचीनकालमा गोले थरका एक झाँक्री श्रीमतीसहित गोसाइँकुण्ड क्षेत्रमा पुगेका थिए । भैरवकुण्डमा रहेको विषालु नागलाई वशमा पार्ने उद्देश्यले उनले आफू कुण्डभित्र रहँदासम्म श्रीमतीलाई निरन्तर ढ्याङ्ग्रो बजाउन र अक्षता छरिरहन आग्रह गरे । त्यसपछि उनी नागसँग सङ्घर्ष गर्न कुण्डभित्र पसे ।

लामो सङ्घर्षपछि नागलाई पराजित गरेर झाँक्री सतहमा आउन लाग्दा कुण्डको भयावह अवस्था देखेर उनकी श्रीमती आत्तिइन् । उनले ढ्याङ्ग्रो बजाउन र अक्षता छर्न छाडेर त्यहाँबाट भागेपछि झाँक्रीको शक्ति कमजोर भएको र नागले बेरेर उनको ज्यान लिएको किंवदन्ती छ । यही घटनाका कारण गोले थरका मानिसले आजसम्म भैरवकुण्ड र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत नजाने परम्परा कायम राखेको जनविश्वास छ ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोले थरका मानिसले पुख्र्यौली कुलपरम्परा मान्दै भैरवकुण्ड नजाने चलन अझै कायम राखेका छन् । यस्ता मौखिक इतिहास, धार्मिक विश्वास र अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक र अध्ययन पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उहाँको भनाइ छ ।

  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • Post Thumbnail

    नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

  • बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

    बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

  • Post Thumbnail

    आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

    बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    Post Thumbnail

    नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution