
काठमाडौँ, २५ कात्तिकः सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् ।
भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
सशस्त्रको बस सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । काठमाडौँको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |