Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (१ घण्टा अघि)
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, २५ कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी गराउनुभएको हो ।

मन्त्री तिमिल्सिनाले भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको क्षति गर्नुका साथै महत्त्वपूर्ण सञ्चार पूर्वाधारमा क्षति पुर्‍याउँदा देशका विभिन्न क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको बताउनुभयो ।

उहाँले विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माणका लागि यसअघि गरिएका प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गर्ने, उत्थानशील सञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न आर्थिक रूपमा सहज बनाउने तथा अन्तरराष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्ने प्रस्ताव गर्नुभयो ।

सम्मेलनका अवसरमा मन्त्री तिमिल्सिनाले मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फाजिलसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको छ । भेटमा उहाँले समावेशी र विश्वसनीय डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्दै नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो ।

दुवै पक्षबीच डिजिटल कनेक्टिभिटी विस्तार, क्षमता अभिवृद्धि, डिजिटल विश्वासको वातावरण निर्माण तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

मन्त्री तिमिल्सिनाले सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सभामुख अर्याल र गृहमन्त्री गुरुङ्गद्धारा साख्वाःको सालिकमा माल्र्यापण
	व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गरौँ स् सभामुख अर्याल

    सभामुख अर्याल र गृहमन्त्री गुरुङ्गद्धारा साख्वाःको सालिकमा माल्र्यापण व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गरौँ स् सभामुख अर्याल

  • Post Thumbnail

    अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

  • नेकपाका संयोजक दाहालद्वारा नेपाल संवत्को शुभकामना

    नेकपाका संयोजक दाहालद्वारा नेपाल संवत्को शुभकामना

  • नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

    नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

    Post Thumbnail

    ‘अपरेसन सभ्यता’ : १८ जना पक्राउ

    भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

    भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution