Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीएको अन्ताल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्नुहुने भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ कात्तिक : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीएको अन्ताल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्नुहुने भएको छ ।

सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल आयोजना हुँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य सङ्गठन नेपालको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममा मन्त्री मेहता सत्र अध्यक्षका रूपमा सहभागी हुनुहुनेछ ।

छलफलमा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा देखिएका चुनौती, जलवायुजन्य विपद्ले स्वास्थ्य सेवा प्रवाहमा पार्ने प्रभाव तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि तथा अन्तरराष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ ।

जलवायु परिवर्तनका कारण बाढीपहिरो, अत्यधिक गर्मी, सङ्क्रामक रोगको बदलिँदो स्वरूप तथा खाद्य र पानीको असुरक्षा जस्ता समस्या बढ्दै गएका छन् । यस्ता जोखिमले स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वास्थ्य क्षेत्रलाई जलवायु अनुकूलनका योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने विषय छलफलमा उठाइनेछ ।

यस क्रममा जलवायु जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य क्षेत्रका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, स्वास्थ्यसम्बन्धी राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन तथा जलवायुजन्य विपद्बाट हुने स्वास्थ्यसम्बन्धी हानि तथा नोक्सानीको मूल्याङ्कनका विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ ।

नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धता आवश्यक रहेको विषयलाई सम्मेलनमार्फत उठाउने तयारी गरेको स्वास्थ्यमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै

  • Post Thumbnail

    युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की

  • अन्तर्वार्ता: जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

    अन्तर्वार्ता: जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

  • Post Thumbnail

    हुलाकीको झोलादेखि मोबाइलसम्म

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

    Post Thumbnail

    १३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेट्टियो

    Post Thumbnail

    पोखरामा प्रहरीको ‘अपरेसन सभ्यता’

    Post Thumbnail

    चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution