Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, २१ कात्तिकः तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ । दसैँको तुलनामा तिहारमा कम सङ्ख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ ।

मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताउनुयो । “मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ र ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजार पर्छ । त्योभन्दा कम मूल्यका च्याङ्ग्रा बथानमा छन् । छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । दसैँमा तीनसय बढी च्याङ्ग्रा बेचेको उहाँले सुनाउनुभयो ।

“दसैँमा च्याङ्ग्राको राम्रो व्यापार भयो, फूलपातिपछि त माग पु¥याउनै नसक्ने अवस्था आएको थियो,” छिरिङले भन्नुभयो, “तिहारमा च्याङ्ग्राको माग स्वभाविक रूपमा कम हुन्छ, तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी सङ्ख्यामा भेँडाच्याङ्ग्रा भित्रिएका छन् ।”

अहिले सिमपानीका सात÷आठ ठाउँबाट भेँडाच्याङ्ग्राको बिक्रीवितरण भइरहेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि भेँडाच्याङ्ग्रा लिएर सुर्खेत हुँदै पोखरा आइपुग्नुभएको छ । उहाँकोमा अधिकांश भेँडा र साँढ छन् । केही च्याङ्ग्रा छन् । मुगुदेखि चार दिन लगाएर पोखरा आइपुगेको भामले बताउनुभयो ।

“दसैँमा च्याङ्ग्रा ल्याएर बेचेको हो, यसरी पोखरा आउन थालेको पाँच÷छ वर्षजति भयो,” उहाँले भन्नुभयो, “गत वर्ष केही घाटा खानुप¥यो, अहिलेको दसैँमा राम्रै व्यापार भयो, तिहारको आम्दानी कस्तो हुन्छ हेरौँ ।”

दसैँ–तिहारका बेला एउटा व्यापारीले डेढ÷दुई लाखसम्म कमाइ गर्ने गरेको उहाँको भनाइ छ । टाढादेखि च्याङ्ग्रा ल्याउनुपर्दा ढुवानी, खाना र बासमा धेरै खर्च हुने गरेको व्यापारी बताउँछन् । भेँडा च्याङ्ग्राको व्यापारबाट आफ्नो पुस्तैनी पेशा धानिनुका साथै चाडबाडका बेला उपझोक्ताको रोजाइ पनि पूरा हुने उनीहरु बताउँछन् । डोल्पाका सन्तोष धराला पनि १५० च्याङ्ग्रा लिएर बेच्नका लागि पोखरा झर्नुभएको छ ।

“चाडबाडमा च्याङ्ग्रा बेच्न पोखरा आउन थालेको तीन वर्ष भयो”, उहाँले भन्नुभयो, “च्याङ्ग्राका लागि घाँस र चरण क्षेत्र पाइने भएकाले पोखरामा सहज पनि छ ।” आफ्नो मुख्य पेशा नै यही भएकाले घाटानाफा जेजस्तो हुँदा पनि च्याङ्ग्रा व्यापारलाई निरन्तरता दिँदै आएको धरालाले बताउनुभयो ।

दसैँ–तिहारका बेला कतिपय बाहिरी जिल्लाका व्यापारी पनि च्याङ्ग्रा लिन मुस्ताङ पुग्ने गर्छन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपु¥याउन हप्तादिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिए पनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् ।

लामो र कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा सहर भित्र्याउँछन् । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ र तिहार नै कुनुपर्छ । विशेष गरी दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको बढी रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थ्यकर मानिन्छ ।

  • काठमाडौँ
  • गण्डकी
  • डोल्पा
  • मुगु
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

  • Post Thumbnail

    कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

  • Post Thumbnail

    सुशासनका लागि सामाजिक परीक्षण

  • Post Thumbnail

    चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    Post Thumbnail

    तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

    Post Thumbnail

    कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

    Post Thumbnail

    कृषि अध्ययन गरेका युवाको सयपत्री सपना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution