Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

जनकपुरधाम-अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको आज परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (१२ मिनेट अघि)
Post Thumbnail

जनकपुरधाम, १९ कात्तिक: जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको आज परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ ।

सोही तयारी स्वरुप आज डब्ल्यु डी पी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाद्वारा भारतको अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौैँ”, प्रबन्ध सञ्चालक पराजुलीले भन्नुभयो, “यही तयारीस्वरुप भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीले रेल सेवाको परीक्षण गरिएको छ ।” उहाँका अनुसार भारतको अयोध्याबाट बिहान ९:०० बजे जनकपुरधाम हुँदै कुर्थासम्म आइपुगेको विशेष परीक्षण रेल बिहान ११:०० बजे पुन: जनकपुरधाम आइपुगेको छ ।

परीक्षण टोलीसँग नेपाल रेल्वे कम्पनीका पदाधिकारीबीच अयोध्या-जनकपुरधाम नियमित विशेष रेल सेवा नियमित सञ्चालनको विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीको भनाइ छ । छलफलपश्चात् उक्त रेल आजै अयोध्यातर्फ फर्किने जनाइएको छ ।

उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहले यही मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको छ ।

उहाँका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा पनि सैद्धान्तिक सहमति भएको छ । केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर-जनकपुरधाम-कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनाका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग बाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो ।

विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको महासेठको भनाइ छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

  • जनकपुरधाम
  • धनुषा
  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

    सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

  • सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

    सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

  • Post Thumbnail

    शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

  • Post Thumbnail

    नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जनकपुरधाम-अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

    Post Thumbnail

    निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

    मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

    मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

    Post Thumbnail

    सयपत्री फूलखेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution