Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातको जोखिमलाई दृष्टिगत गर्दै आवश्यक तयारी आजदेखि अघि बढाएको हो ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (१६ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १९ कात्तिकः सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातको जोखिमलाई दृष्टिगत गर्दै आवश्यक तयारी आजदेखि अघि बढाएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले शीतलहर र हिमपातलाई सामान्य मौसमी अवस्थाका रूपमा मात्र नलिई यसको सम्भावित प्रभावबाट बच्न समयमै पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउनुपर्ने बताउनुभयो । हिमपात तथा शीतलहर पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना समीक्षा बैठकमा उहाँले मनसुनजन्य विपद्को प्रतिकार्यमा जस्तै चिसो मौसमबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि पनि सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

“मध्य मङ्सिरदेखि मध्य फागुनसम्मको हिउँदे अवधिमा तराईमा शीतलहर, कुहिरो र हुस्सु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन्छ,” कार्यकारी प्रमुख डा उप्रेतीले भन्नुभयो, “विशेषगरी अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर कम हुने, लगातार चिसो दिन रहने र बाक्लो हुस्सु लाग्ने अवस्थाले जनजीवन प्रभावित पार्ने गर्छ ।”

शीतलहरका समयमा वायु प्रदूषणको जोखिम पनि बढ्न सक्ने उल्लेख गर्दै कार्यकारी प्रमुख डा उप्रेतीले पिएम २.५ र पिएम १० को मात्रा बढ्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताउनुभयो । उहाँले नेपालमा वायु गुणस्तर सूचकाङ्क (एक्यआई) १५० देखि ४००–५०० सम्म पुगेका उदाहरण रहेको भन्दै त्यस्तो अवस्थामा स्वास्थ्यसम्बन्धी विशेष सूचना र सचेतना जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

चिसो तथा प्रदूषणको अवस्था गम्भीर बनेमा विद्यालय बन्द गर्ने, सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तथा निर्माण कार्य रोक्ने सम्मका उपाय अपनाउनुपर्ने कार्यकारी प्रमुख डा उप्रेतीले बताउनुभयो । उहाँले यसका लागि स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रलगायत सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“हिउँदे मौसममा बाक्लो हुस्सु र तुवाँलोका कारण दृश्यता घट्दा हवाई तथा सडक यातायात प्रभावित हुने तथा दुर्घटनाको जोखिम बढ्छ, कतिपय अवस्थामा दृश्यता ५० मिटरमा सीमित हुने भएकाले त्यस्तो अवस्थामा सवारीसाधन सञ्चालन गर्न र हवाई उडानमा विशेष सतर्कता अपनाउनुपर्छ,” कार्यकारी प्रमुख डा उप्रेतीले भन्नुभयो ।

उच्च हिमाली क्षेत्र तथा दुई हजारदेखि दुई हजार ५०० मिटरभन्दा माथिका भूभागमा हिमपात हुनसक्ने भएकाले त्यहाँका बासिन्दा, पर्यटक तथा यात्रुको सुरक्षाका लागि आवश्यक तयारी गर्नुपर्नेमा कार्यकारी प्रमुख डा उप्रेतीले जोड दिनुभयो । यस वर्ष एलनिनोको अवस्थाका कारण चिसो कस्तो हुने भन्नेबारे अहिले नै निश्चित पूर्वानुमान गर्न नसकिने र मौसम पूर्वानुमान महाशाखाबाट थप विवरण आएपछि सोहीअनुसार तयारी अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

कार्यकारी प्रमुख डा उप्रेतीले शीतलहरका समयमा चिसोबाट बच्न घरभित्र दाउरा वा हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था गर्नुपर्नेमा विशेष जोड दिनुभयो । झ्यालढोका बन्द गरेर आगो वा हिटर बाल्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई निस्सासिने, बेहोस हुने र ज्यान पनि जान सक्ने जोखिम रहने उहाँले बताउनुभयो ।

विशेषगरी गर्भवती, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई चिसोबाट जोगाउन विशेष ध्यान दिनुपर्ने कार्यकारी प्रमुख डा उप्रेतीको सुझाव छ । उहाँले शीतलहरको सूचना जारी भएपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जोखिमयुक्त क्षेत्रमा दाउरा वितरण गर्ने, विपन्न परिवारलाई न्यानो कपडा र कम्बल उपलब्ध गराउनेलगायतका प्रतिकार्य गर्नुपर्नेमा जोड दिनुभयो । रेडक्रस तथा विकास साझेदार संस्थाहरूले पनि आवश्यक सहयोगका लागि पूर्वतयारी गर्नुपर्ने उहाँको भनाइ छ ।

“मौसम विज्ञान विभागबाट शीतलहरसम्बन्धी सूचना आएपछि मात्र तयारी थाल्ने होइन, सूचना आउनुअघि नै आवश्यक स्रोतसाधन र जनशक्ति व्यवस्थापन गर्नुपर्छ,” कार्यकारी प्रमुख डा उप्रेतीले भन्नुभयो ।

प्राधिकरणले मौसम पूर्वानुमान महाशाखा, सुरक्षा निकाय, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र, स्थानीय तह तथा सञ्चारमाध्यमसँगको समन्वयमा पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने जनाएको छ । कार्यकारी प्रमुख डा उप्रेतीले शीतलहर र हिमपातसम्बन्धी सूचना तथा स्वास्थ्य सुरक्षाका सन्देश प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाका आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गरिने बताउनुभयो । जोखिमका बेला सञ्चारमाध्यमले मौसमको अवस्था, वायु प्रदूषणको मात्रा र अपनाउनुपर्ने सावधानीबारे नागरिकलाई समयमै जानकारी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

  • युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

    युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

  • Post Thumbnail

    सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने

  • Post Thumbnail

    नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछः अर्थमन्त्री डा वाग्ले

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य

    Post Thumbnail

    शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

    Post Thumbnail

    नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

    युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

    युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution