Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (२ दिन अघि)
Post Thumbnail

काठमाडौँ, १८ कात्तिक : नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।

कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा कम्पनीको खरिद प्रक्रियासम्बन्धी भ्रमपूर्ण तथा अपुष्ट समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त गरी देशभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको संस्था हो । कम्पनीले आफ्नो ऐतिहासिक पृष्ठभूमि, स्थापित प्रतिष्ठा, जनविश्वास तथा आमग्राहकको भरोसालाई सम्पत्तिका रूपमा लिएको जनाएको छ ।

कम्पनीका अनुसार प्रचलित ऐन, कानुन तथा पछिल्लो समय विकसित सुशासनका मूल्य र मान्यताअनुसार काम गर्दै आएको छ । सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ रूपमा सबै नागरिकलाई उपलब्ध गराउने तथा देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उद्देश्यका साथ कम्पनी क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

सहरी क्षेत्रदेखि देशका अति विकट स्थानसम्म दूरसञ्चार सेवा विस्तार गर्दै आएको टेलिकमले नयाँ प्रविधि अवलम्बन, गुणस्तरीय सेवाको उपलब्धता, नेपाल सरकारको नीतिगत लक्ष्य प्राप्ति तथा कम्पनीको व्यावसायिकतालाई मध्यनजर गरी विभिन्न कार्य गर्दै आएको जनाएको छ ।

खरिद प्रक्रियाका सम्बन्धमा कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्ट्यान्डर्ड बिड डकुमेन्ट (Standard Bid Document) का आधारमा आवश्यक खरिद प्रक्रिया अपनाइने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीको खरिद प्रक्रियालगायत विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आवश्यक आधिकारिक विवरण कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता एवं सूचना तथा प्रकाशन शाखाबाट सहज रूपमा उपलब्ध हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

त्यसैले भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी कम्पनीको प्रतिष्ठा, विकास तथा संस्थागत हित अभिवृद्धिमा सकारात्मक सहयोग पुर्‍याउन नेपाल टेलिकमले सञ्चारमाध्यमहरूसँग अपेक्षा गरेको छ ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा आधिकारिक सूचना तथा विवरणका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

  • Post Thumbnail

    घिउ बेचेर पढाएका छोरीले बदले परिवारको भाग्य

  • डिजिटल धुनको भीडमा हराएन मादलको ताल

    डिजिटल धुनको भीडमा हराएन मादलको ताल

  • Post Thumbnail

    भूमिहीनलाई पुर्जा वितरण प्रक्रिया तीव्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हुलाकीको झोलादेखि मोबाइलसम्म

    फूलखेतीले दिलाएको सफलता …

    फूलखेतीले दिलाएको सफलता …

    Post Thumbnail

    चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

    Post Thumbnail

    घिउ बेचेर पढाएका छोरीले बदले परिवारको भाग्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution