Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण’

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले काठमाडौँ उपत्यकाको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (४७ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १५ कात्तिकः प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले काठमाडौँ उपत्यकाको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सभापति गजुरेलले विगतका वर्षको तुलनामा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार आएको बताउनुभयो ।

“विगतका वर्षको तुलनामा उपत्यकामा ट्राफिक व्यवस्थापन निकै राम्रो भएको छ । सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “सडक सुरक्षा सुनिश्चित गर्न सबैले ट्राफिक नियमको पालना गर्न आवश्यक छ ।”

सभापति गजुरेलले बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षित आवागमनका लागि सम्बन्धित निकायबीच निरन्तर सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको औँल्याउनुभयो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीको सुरक्षाका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरी कर्मचारीले सेवामा प्रवेश गर्दा लिएको शपथअनुसार देश र नागरिकको सेवामा प्रतिबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत रिसिवी नराखी निष्पक्ष र जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । साथै, आर्थिक अनियमिततामा शून्य सहनशीलता अपनाउनुपर्ने र सरकारबाट प्राप्त सेवा सुविधाप्रति असन्तुष्टि भए वैकल्पिक बाटो रोज्न सकिने उहाँको भनाइ थियो ।

प्रमुख काफ्लेले सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा दुर्घटनामुक्त यातायात प्रणाली विकासका लागि जनचेतनामूलक कार्यक्रम र अन्तरक्रियालाई निरन्तरता दिइएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले सवारी दुर्घटना कम गर्नका लागि चालक, पैदलयात्रीलगायत सबै सडक प्रयोगकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत ५०६ ट्राफिक प्रहरी अधिकृत तथा कर्मचारीको सहभागिता रहेको थियो ।

  • काठमाडौँ
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेनी-दरवाङ सडक सञ्चालन

  • Post Thumbnail

    जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

  • Post Thumbnail

    शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै

  • Post Thumbnail

    बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत

    लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

    Post Thumbnail

    ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण’

    Post Thumbnail

    टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution