Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
डडेल्धुरा

डडेल्धुरामा किबीखेती विस्तार

जिल्लामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

डडेल्धुरा, १२ कात्तिकः जिल्लामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल २३ हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ । गत आर्थिक वर्षमा जिल्लामा १९ मेट्रिकटन किबी उत्पादन भएको केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । अघिल्लो वर्ष १९ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १० मेट्रिकटन किबी उत्पादन भएको उहाँले बताउनुभयो ।

उत्पादन बढ्दै गए पनि किबीको बजार मूल्य भने घट्दै गएको किसान बताउँछन् । अमरगढी नगरपालिका–३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किबीको मूल्य अहिले घटेर १५० रुपैयाँसम्म पुगेको छ । कैलाली र कञ्चनपुरलगायत बजारमा व्यापारीले किसानको बारीबाटै किबी खरिद गरेर लैजाने गरेका छन् ।

आलिताल गाउँपालिका–२ लामिटँुडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा किबीका बिरुवा ल्याएर खेती सुरु गर्नुभएको थियो । अहिले उहाँको बगैँचामा ३०० भन्दाबढी किबीका बोट छन् । खेतीसँगै उहाँले किबीको नर्सरीसमेत सञ्चालन गर्दै आउनुभएको छ । गत वर्ष उहाँले ७५ क्विन्टल किबी बिक्री गर्नुभएको थियो ।

त्यस्तै, नेपाली सेनाबाट अवकाशपछि अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर पनि किबीखेती र नर्सरी व्यवसायमा संलग्न हुनुभएको छ । उहाँले रातो र पहेँलो किबीको बिरुवा प्रतिगोटा २०० रुपैयाँ तथा हरियो किबीको बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।

किबीखेतीलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवा खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । केन्द्रका अनुसार गत आवमा किबी बगैँचा व्यवस्थापन तथा प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ खर्च गरिएको थियो ।

किबीखेती विस्तार हुँदै गए पनि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन किसानका लागि चुनौती बनेको छ । उत्पादन बढेसँगै बजार विस्तार र मूल्य सुनिश्चित गर्नसके जिल्लामा किबी खेतीलाई थप व्यावसायिक बनाउन सकिने किसानहरु बताउँछन् ।

  • कञ्चनपुर
  • कैलाली
  • डडेल्धुरा
  • दोलखा
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

    आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

  • Post Thumbnail

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

  • Post Thumbnail

    मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

  • Post Thumbnail

    नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

    आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

    Post Thumbnail

    मेची करिडोरको ठेक्का रद्द

    Post Thumbnail

    भ¥याङ चढेर कैदी भागेपछि…

    Post Thumbnail

    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution