Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (५ घण्टा अघि)
Post Thumbnail

भद्रपुर (झापा), ९ कात्तिकः झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ ।

चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान–बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित बस्तीमा ‘माइकिङ’मार्फत सचेतना फैलाइरहेको छ । हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कतासँगै जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको बताउनुभयो ।

“धानबाली जोगाउने चिन्तामा रहेका किसान तथा स्थानीय बासिन्दाले हात्तीको जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगरी सुरक्षित स्थानमा जानुपर्छ,” कर्माचार्यले भन्नुभयो ।

उहाँका अनुसार हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल तथा पैदल गस्ती परिचालन गरी निगरानी भइरहेको छ । स्थानीय बासिन्दालाई हात्तीको आवतजावतबारे सचेत गराउने र सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा स्थानीयसँग समन्वय गर्ने काम पनि भइरहेको छ ।

धानबाली भित्र्याउने समय नजिकिँदै गर्दा खेतबारीमा जाने, राति बालीको निगरानी गर्ने तथा हात्ती धपाउने प्रयास गर्दा जोखिम हुन सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन सशस्त्र प्रहरीले आग्रह गरेको छ । हात्तीको बाटो अवरुद्ध गर्ने, नजिकै गएर फोटो वा भिडियो खिच्ने तथा भीड जम्मा भएर हात्तीलाई घेराबन्दी गर्ने कार्यले जोखिम बढाउन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न पनि अनुरोध गरिएको छ ।

त्यसैगरी, घर, गोठ तथा आँगन वरपर हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न आग्रह गरिएको छ । बस्तीमा रहेका बालबालिका, वृद्धवृद्धा तथा अन्य जोखिममा पर्न सक्ने व्यक्तिको विशेष ख्याल गर्न पनि सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।

झापामा मेचीनगरको बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र क्षतिको समस्या देखिँदै आएको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा नजिक नजान सशस्त्र प्रहरीले आग्रह गरेको छ ।

  • झापा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

    आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

  • बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

    बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

  • Post Thumbnail

    कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

  • Post Thumbnail

    मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

    आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

    अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

    अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

    Post Thumbnail

    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

    बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

    बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution