Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा डा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ८, शनिबार (१ घण्टा अघि)
विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ, ७ कात्तिकः विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा डा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि उल्लेखनीय भए पनि त्यसलाई सधैँ कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने बताउनुभएको हो ।

विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि यो रोग भित्रिने जोखिम रहने उल्लेख गर्दै उहाँले खुला सिमाना र मानिसको आवागमनका कारण निरन्तर सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकता उल्लेख गर्नुभएको छ । पहिलो, नियमित खोप सेवा पु¥याउने, विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्र र समुदायका प्रत्येक बालबालिकाले पूर्ण खोप प्राप्त गर्ने सुनिश्चिता गर्नुपर्ने उहाँको भनाइ छ ।

यसैगरी, पोलियो भाइरसको समयमै पहिचानका लागि अति शीघ्र लुलोपनको निगरानीलाई प्रभावकारी बनाउने, पोलियो भाइरस पहिचान भएको अवस्थामा शीघ्र र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी समीक्षा हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।

डा श्रेष्ठले पोलियोसम्बन्धी विश्वव्यापी वित्तीय सहयोगको परिवर्तित परिप्रेक्ष्यमा खोपबाट बचाउन सकिने रोगको निगरानी, प्रयोगशाला सेवा, खोप कार्यक्रम तथा प्रकोप प्रतिकार्यसम्बन्धी अत्यावश्यक क्षमता र संरचनाको संरक्षण गर्नुपर्नेे बताउनुभयो ।

उहाँले पोलियो उन्मूलनबाट प्राप्त अनुभव, विशेषज्ञता र संरचनाको सदुपयोग गर्दै अन्य खोपबाट बचाउन सकिने रोगको निगरानी तथा प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरूलाई ओरल र इन्जेक्टेबल दुवै प्रकारका पोलियो खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

  • Post Thumbnail

    औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

  • Post Thumbnail

    अफ्रिकामा फैलिँदै इबोला

  • Post Thumbnail

    चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    थापालाई विशिष्ट प्रतिभा सम्मान, रानाहँछालाई प्रतिभा पुरस्कार

    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

    Post Thumbnail

    उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

    विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

    विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution