
काठमाडौँ, ५ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको शोक वक्तव्यमा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य समेत रहनुभएका गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले उहाँको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका सच्चा जनसेवक गुमाएको उल्लेख गर्नुभएको छ ।
विसं २००२ मा गुल्मीको थोर्गामा जन्मनुभएका गौतमले विसं २०२३ मा बनारसमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालबाट पार्टी सदस्यता प्राप्त गरी राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । उहाँले बाँके र नेपालगञ्जलाई आफ्नो कर्मथलो बनाएर कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।
भूमिगत कालमा भेरी–कर्णाली क्षेत्रको सचिव, बाँके जिल्ला कमिटी सचिव तथा भेरी अञ्चल कमिटी सदस्य एवं कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नुभएका गौतम बाँके क्षेत्रको कम्युनिष्ट आन्दोलनका अग्रणी नेताका रूपमा परिचित हुनुहुन्थ्यो ।
पुष्पलालले पार्टी पुनर्गठन गरेपछिको समयदेखि नेकपा (मनमोहन समूह), नेकपा (माक्र्सवादी) हुँदै पार्टी एकीकरणपछि उहाँ आजीवन एमालेमा आबद्ध रहनुभएको थियो । विसं २०७४ को निर्वाचनमा उहाँ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |