
सुदूरपश्चिम, ४ कात्तिकः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
आज बडादसैँका अवसरमा शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशवासी, दिदीबहिनी, दाजुभाइ तथा आम नागरिकमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्नुभएको हो ।
मुख्यमन्त्री भट्टले मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा सङ्कल्पलाई चाडपर्वले थप ऊर्जा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |