Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (१ घण्टा अघि)
ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ३ कात्तिक : महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ ।

मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो ।

“पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवीको सञ्चालन गुठी ‘मू छेँ आँगन घर’ बाट धार्मिक विधिपूर्वक पूजापाठ गरी झाँकी र बाजागाजासहित देवगणहरू महालक्ष्मी मन्दिरमा आउने काम भयो, त्यहाँ तान्त्रिक विधिबाट देवीको शक्ति आह्वान गरी पूजा सम्पन्न भएपछि देवगण तथा गुठियारहरूले हात–हातमा प्राचीन खड्ग (तरबार) बोकेर नगर परिक्रमा गरी पुनः मुलचोकमा फर्किए”, उहाँले भन्नुभयो ।

घटस्थापनादेखि नै विधिवत् रूपमा सुरु हुने यस जात्राको विशेष रौनक भने महाअष्टमी र महानवमीका दिन देखिने मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सचिव बुद्धीराज शाही । उहाँका अनुसार पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको शक्तिको रूपमा लिइने प्राचीन खड्गसहित राँगो बोका र हाँसलाई अष्टमीको मध्यरातमा पाटनको मुलचोकमा दर्शन गराएर महालक्ष्मी मन्दिर पु¥याई महानवमीको दिन बिहान तन्त्र साधना र बलिपूजा गरिन्छ । त्यसपछि उक्त खड्गलाई पुनः पाटन दरवारको मूलचोकमा ल्याउने परम्परा रही आएको छ ।

विभिन्न प्रक्रिया पूरा गरी टीकापछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ । लिच्छिविकालिन राजा मानदेवको नाति बसन्तदेवको पालाबाट सुरु गरिएको पाटनको यस पुरानो जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न मनमानेश्वरी देवी सञ्चालन गुठी (मू छेँ आँगन घर) लगायत विभिन्न ३२ खलकहरूको सामुहिक भूमिका रहन्छ ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    ब्रम्हायणी मन्दिरमा मेला सुरु

  • गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

    गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

  • Post Thumbnail

    मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

  • कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

    ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

    Post Thumbnail

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

    Post Thumbnail

    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

    Post Thumbnail

    मुक्तिनाथ मन्दिरमा दशैं टिका

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution