Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (१ घण्टा अघि)
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ, ३ कात्तिक : वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् ।

साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं दर्शनका लागि राजधानीका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् ।

यो मन्दिर वर्षमा नवरात्रका चार दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । फूलपातीदेखि विजयादशमीसम्म चार दिन हजारौँ भक्तजनले यहाँ पूजा आराधना एवं दर्शन गर्ने गरेको नेपाल ट्रष्टको कार्यालय गोकर्ण दक्षिणढोका एकाईका कर्मचारी प्रकाश केसीले राससलाई जानकारी दिनुभयो ।

नेपाल ट्रष्टको कार्यालयले पनि वर्षमा एकपटक बोकाको बलिसहित पूजा गर्ने गरेको पनि उहाँले सुनाउनुभयो । यो मन्दिरमा प्रवेश गर्ने चार वटा बाटो रहेका छन् । गोकर्णेश्वर महादेव मन्दिरअघि हाल नेपाली सेनाको विपद् व्यवस्थापन गणको मूलढोका, उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिर नजिकैको प्रवेशद्वार, गोकर्ण फरेस्ट रिसोर्टको प्रवेशद्वार र दक्षिणढोकास्थित नेपाल ट्रष्टको कार्यालय गोकर्ण एकाईबाट जान सकिन्छ ।

उत्तरवाहिनी र गोकर्ण मन्दिरअघिको बाटोबाट थोरै पैदल यात्रामा वनदेवीको दर्शन गर्न सकिन्छ । यी दुवै बाटोबाट करिब १५ मिनेटको पैदल यात्रामा वनदेवी जान सकिने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महतले जानकारी दिनुभयो ।

मन्दिरमा हाल नित्य पूजा भने हुन नसकेको पनि उहाँले स्वीकार गर्नुभयो । यो वन राजनिकुञ्ज भएर सर्वसाधारणका लागि बन्द गरिएदेखि नै यहाँ नित्य पूजा हुन नसकेको हो । राजनिकुञ्ज हुँदा राजदरबारबाट नै वर्षमा एकपटक बोकाको बलिसहित विशेष पूजा गरिन्थ्यो । हाल यो परम्परालाई नेपाल ट्रष्टको कार्यालयले निरन्तरता दिएको छ ।

गोकर्णको वनदेवीसँगै राजधानीका गुह्येश्वरी, जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा पनि दर्शनार्थी भक्तजनको लाम लागेको छ ।

आज नवरात्रको अन्तिम दिन भएकाले देशभरका सबै शक्तिपीठ र देवीस्थान एवं मन्दिरमा बिहानैदेखि बेलुकीसम्म नै लामो लाम लागेको जनाइएको छ ।

  • काठमाडौँ
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    ब्रम्हायणी मन्दिरमा मेला सुरु

  • Post Thumbnail

    मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

  • कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

  • नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार

    जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार

    Post Thumbnail

    दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

    Post Thumbnail

    ब्रम्हायणी मन्दिरमा मेला सुरु

    Post Thumbnail

    दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution