Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (५ घण्टा अघि)
Post Thumbnail

भोजपुर, ३ कात्तिकः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ । लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन् । विद्युत् विस्तारसँगै स्थानीय सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिनुका साथै दैनिक जीवनयापनमासमेत परिवर्तन आएको छ ।

भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा विद्युत् विस्तार भएपछि स्थानीयले इन्टरनेट, टेलिभिजनलगायतका सुविधाको उपभोग गर्न पाएका छन् । यसअघि विद्युत् अभावका कारण ओझेलमा परेका बस्तीका नागरिक अहिले सूचना तथा सञ्चारको पहुँचमा जोडिन थालेका छन् । विद्युत् पुगेपछि बालबालिकाको अध्ययनदेखि घरायसी कामकाज र स्थानीयस्तरमा सञ्चालन हुने साना उद्योगसम्म सहज भएको स्थानीयवासी बलबहादुर राईले बताउनुभयो ।

विगतमा विद्युत् अभावका कारण बालबालिकाको पढाइदेखि स्थानीय उत्पादनको कुटानीपिसानीसम्ममा समस्या हुने गरेको थियो । विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेपछि थोरै बजेटबाट पनि नतिजामुखी काम गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पु¥याउन विभिन्न चुनौती सामना गर्नुपरे पनि प्राथमिकताका आधारमा काम अघि बढाउँदा लक्ष्य हासिल गर्न सफल भएको उहाँको भनाइ छ ।

विद्युत् विस्तारसँगै स्थानीयले विद्युतीय मिलको सहायताले कुटानीपिसानी गर्न थालेका छन् । यसबाट परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत भएको छ । त्यस्तै, फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन तथा आयआर्जनका गतिविधिमा टेवा पुगेको वडाले जनाएको छ । विद्युत् सेवा विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सञ्चार र स्थानीय उद्यम विकासका लागि नयाँ सम्भावनासमेत सिर्जना गरेको छ ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सडक दुर्घटनामा किशोरको मृत्यु

  • Post Thumbnail

    विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

  • Post Thumbnail

    सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

  • भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

    भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

    स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

    Post Thumbnail

    गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

    Post Thumbnail

    विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

    Post Thumbnail

    सडक दुर्घटनामा किशोरको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution