Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सङ्खुवासभा

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (१ घण्टा अघि)
अवरुद्ध खाँदबारी–किमाथाङ्का  सडक पुनः सञ्चालनमा

सङ्खुवासभा, ३ कात्तिक : नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो ।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रह अनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गण अन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली सम्लग्न भएको आयोजनाले जनाएको छ । श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विष्फोटन (ब्लास्टिङ) मार्फत् ठूला–ठूला विशाल चट्टानहरूलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टानहरू हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने परेको थियो । नेपाल–चीन व्यापारीक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन् । यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुनःसञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ । साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ ।

आयोजना प्रमुख गुरुङले भन्नुभयो “भोटखोला २ स्थित छुम्सुरमा ठूला चट्टान सहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो । चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो । ” सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो । सडक आयोजना कार्यालयले अन्य सडक खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ । कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनैतिक रुपमा महत्वको रुपमा रहेको यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ ।

भौगोलिक रूपमा अति विकट कडा चट्टान भएका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डको १ सय ६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरेर गत बैशाखमा हस्तान्त्ररण गरेको थियो । उत्तरी क्षेत्रमा पर्ने किमाथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । किमाथाङका–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन् ।

सडक आयोजनाको सक्रियताले राष्ट्रिय पूर्वाधारको सञ्चालन कायम राख्नुका साथै दुर्गम क्षेत्रका नागरिकको सहज आवागमन र जनजीवनलाई सहयोग पु¥याएको जनाइएको छ ।—

  • झापा
  • धनकुटा
  • नेपाली सेना
  • मोरङ
  • रसुवा
  • सङ्खुवासभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’

  • Post Thumbnail

    आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

  • Post Thumbnail

    मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

  • Post Thumbnail

    पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    Post Thumbnail

    आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

    अवरुद्ध खाँदबारी–किमाथाङ्का  सडक पुनः सञ्चालनमा

    अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution