Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

बिचौलियाको मारमा किसान

किसानले एक कोसा केरा रु तीनदेखि चारमा बिक्री गर्ने गरेका छन् । त्यही केरा उपभोक्ताले प्रतिकोसा रु १० मा खरिद गर्न बाध्य छन् ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

चितवन, ३० असोजः किसानले एक कोसा केरा रु तीनदेखि चारमा बिक्री गर्ने गरेका छन् । त्यही केरा उपभोक्ताले प्रतिकोसा रु १० मा खरिद गर्न बाध्य छन् ।

रु तीनमा खरिद गरेर रु १० मा झन्डै ३३४ प्रतिशत नाफा लिएर केरा बिक्री गर्न पल्किएका बिचौलियाका कारण उपभोक्तहरु भरपुर ठगिएका हुन् । बडादसैँ नजिकिँदै गर्दा पनि केरा उत्पादक किसानले भने केराको उचित मूल्य पाउन सकेका छैनन् । तर, बिक्रेताले भने फाइदैफाइदा लिएका छन् ।

तीजपछि केराले मूल्य पाउन नसक्दा किसानले सधैँ उस्तैउस्तै मूल्यमा केरा बिक्री गर्न बाध्य छन् । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार अहिले किसानले प्रतिकोसा रु तीनदेखि चारका दरले बिक्री गर्न बाध्य छन् भन्नुहुन्छ ।

व्यवसायीले किसानहरुलाई उचित मूल्य दिन कठिन मान्ने गरेको उहाँले बताउनुभयो । अहिले देशभसर केरा उत्पादन भएकाले केराको मूल्य पाउन सकेका छैनन् । उहाँले भन्नुभयो, “केरा सस्तोमा बिक्री नगरे बारीमा नै मिल्काउनुपर्ने अवस्था छ । अहिले केराको मूल्य किसानले पाउन सकेका छैनन् ।”

बजारमा उपभोक्ताले किन्दा दर्जनको रु १०० देखि रु १५० सम्म पाउने गरेको उहाँले बताउनुभयो । पहिले रु २०० सम्म उपभोक्ताहरुले पाउने गरेका थिए । किसानले मूल्य पाएको समयमा प्रतिकोसा रु पाँचदेखि आठसम्म जी नाइन र मालभोग प्रतिकोसा रु १० सम्म पाएका थिए ।

अहिले मूल्य घटेर जी नाइन रु तीन र मालभोग रु चारसम्ममा प्रतिकोसा बिक्री भइरहेको छ । जिल्लामा तीन हजार बिघा क्षेत्रफलमा ७०० किसानले केरा लगाउँदै आएका छन् । बार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । यस वर्ष केराको क्षेत्रफलसमेत बढेकाले उत्पादन पनि बढ्ने उहाँले बताउनुभयो ।

जिल्लामा सात लाख केराको बिरुवा बढेकाले उत्पादन पनि १० हजार मेट्रिक टन बढेर ८० हजार पुग्ने अनुमान गरिएको छ । केरा उत्पादन हुने मुख्य समय भएकाले केराको मूल्य घटेको हुनसक्ने उहाँले बताउनुभयो ।

नेपालमा केराखेती गर्ने किसानको साझा संस्था नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त राज्यले बजार अनुगमन गरेर मूल्य समायोजन नगर्दासम्म उपभोक्ता मारमा पर्ने बताउनुहुन्छ ।

कृषकले सस्तोमा दिने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था अन्त्यका लागि स्थानीय प्रशासनले बजार अनुगमनमा कडाइ गरेर मूल्यमा एकरुपता ल्याउनुपर्ने छ ।

सरकारले गत वर्षको असोज ६ गते केरा आयातमा रोक लगाउने निर्णय गरेसँगै पुस ६ गतेबाट पूर्णरुपमा आयातमा प्रतिबन्द गरिएको थियो । जसका कारण नेपालमा उत्पादन भएका केराले मूल्य पाएको उहाँले बताउनुभयो ।

देशभरि व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेपछि नेपाल केरामा आत्मनिर्भर बन्दै गएको छ । नेपाललाई हरेक वर्ष नौ लाख मेट्रिक टन केरा आवश्यक पर्छ । अघिल्लो वर्ष चार हजार बिघा क्षेत्रफलमा लगाएको केराखेती यस वर्ष २४ हजार बिघा क्षेत्रफलमा फैलिएको छ ।

पहाडी क्षेत्रमा समेत किसानले केराखेती गर्न थालेको उहाँले बताउनुभयो । नेपालमा अहिले आठ हजार किसानले व्यावसायिक रुपमा केराखेती गर्ने गरेका छन् ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

  • Post Thumbnail

    सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने

  • Post Thumbnail

    सुनचाँदीको मूल्य क्रमशः घट्दै

  • Post Thumbnail

    चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

    प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

    दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

    दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

    चिकित्सा शिक्षा आयोगको बैठक सुरु

    चिकित्सा शिक्षा आयोगको बैठक सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution