Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाजुरा

बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्न सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ अभियान बाजुरामा सम्पन्न गरेको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

बाजुरा, २७ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्न सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ अभियान बाजुरामा सम्पन्न गरेको छ ।

जिल्लाका नौवटै स्थानीय तहका नागरिकलाई लक्षित गरी दुई स्थानमा प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्दै अभियान सम्पन्न गरेको हो ।

अभियानअन्तर्गत जिल्लाको पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तह बूढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकालाई समेटेर आइतबार पिलुचौरमा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस्तै, सदरमुकाम क्षेत्रका पाँच स्थानीय तह बडीमालिका, बूढीगङ्गा र त्रिवेणी नगरपालिका तथा गौमुल र खप्तड छेडेदह गाउँपालिकालाई लक्षित गरी सोमबार मार्तडीमा कार्यक्रम सञ्चालन गरिएको रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले जानकारी दिनुभयो ।

जैसीका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उहाँहरूले दैनिक जीवनमा भोगिरहेका समस्या, विकासका आवश्यकता, सार्वजनिक सेवा प्रवाहमा देखिएका कठिनाइ तथा राज्यबाट प्राप्त हुनुपर्ने सेवासम्बन्धी गुनासा सुन्न अभियान सञ्चालन गरिएको हो ।

रास्वपाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य केपी खनाललाई अभियानका लागि बाजुरा खटाएको थियो । अभियानमा सहभागी नागरिकले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकास, रोजगारी र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा आफ्ना समस्या र अपेक्षा राखेका छन् ।

नागरिकबाट प्राप्त गुनासा, सुझाव र मागलाई सङ्कलन गरी सम्बन्धित निकायसम्म पु¥याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने पार्टीले जनाएको छ ।

हालै सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रममा स्थानीय तहको प्रतिनिधित्व गर्दै धारणा राख्ने क्रममा रास्वपा बूढीगङ्गा नगर सभापति तिलक थापाले जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा नराख्दा जिल्लाले अपेक्षित विकास हासिल गर्न नसकेको बताउनुभयो ।

त्रिवेणी नगर सभापति गणेशराज पाध्यायले बाजुरा विकासका दृष्टिले पछाडि पर्नुमा नीति निर्माणमा देखिएका कमजोरी रहेको बताउनुभयो

रास्वपा नेता दीर्घ शाहीले प्रदेश गौरवको आयोजना खप्तड–डोगडी–मार्तडी सडकको अवस्थाबारे ध्यानाकर्षण गराउनुभयो ।

रास्वपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य केपी खनालले बाजुरालाई दुर्गम जिल्लाका रूपमा चित्रण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले बाजुरामा पाइने जडीबुटी र प्राकृतिक स्रोतसाधनको महत्व उल्लेख गर्दै जिल्लालाई अभाव र दुर्गमतासँग मात्रै जोडेर हेर्न नहुने धारणा राख्नुभयो ।

सांसद खनालले राजनीतिक दल र नेताप्रति नागरिकको सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

  • प्रतिनिधिसभा
  • बाजुरा
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

  • सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

    सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

  • सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

    सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

    हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

    Post Thumbnail

    भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा

    Post Thumbnail

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

    Post Thumbnail

    चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution