Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।
रासस २७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, २७ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।

हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री डा तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

मन्त्री तिमिल्सिनाले भन्नुभयो, “अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन, यसको सेवामा परिवर्तन हुँदै आएकाले नेपालमा पनि हुलाकलाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि, साधनस्रोत सम्पन्न र दूरदराजका जनतासम्म सेवा पुर्याउने कार्यमा सहयोग गर्न सरकार लागिपरेको छ ।”

उहाँले विगतमा हुलाकका गतिविधि, कमीकमजोरी र देखिएका समस्याको पहिचान गरी आगामी दिनमा हुलाकको काम प्रभावकारी बनाउन मतहतका कर्मचारीको विशेष पहल आवश्यक रहेको बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले बजेट अभाव, साधनस्रोत कमी र कार्यसम्पादनमा जटिलता देखाएर कुनै पनि कर्मचारी आफ्नो अधिकार र कर्तव्यबाट नपन्छिन निर्देशन दिनुभयो ।

हुलाकको सेवालाई छिटोछरितो र गुणस्तरीय बनाउनेमा विभाग मातहतका सबै निकाय र कर्मचारीको सकारात्मक सोच र प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ छ ।

सरकारले हुलाकमा गरेको लगानीको पूर्ण सदुपयोग गर्न कर्मचारीतन्त्रले सकारात्मक सोच र प्रतिवद्धताका कार्यसम्पादन गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारले सुशासनमा जोड दिएकाले कार्यसम्पादनका सिलसिलामा देखिएका कुनै पनि समस्याको समाधानका लागि खाका लिएर आए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हुलाक सेवामा रहेको सवारीसाधनसम्बन्धी समस्या हटाउन एक सय थान मोटरसाइकल खरिद प्रक्रिया सुरु भएको जानकारी दिँदै मन्त्री डा तिमिल्सनाले अतिरिक्त हुलाकका कर्मचारीको सुविधा समयानुकूल बनाउने सन्दर्भमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले हुलाक सेवाको कामलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी तुल्याउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी छिटो र गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले हुलाक सेवामा नीतिगत सुधार र प्रचारप्रसार आवश्यक रहेको जनाउँदै अतिरिक्त हुलाकका कर्मचारीको सेवासुविधा बढाउनेतर्फ सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।

विभागका महानिर्देशक मनमाया भट्टराईले विभिन्न चुनौतीका बीच विभागले आफ्नो जिम्मेवारीलाई व्यवस्थित र द्रुतगतिमा अगाडि बढाएको बताउनुभयो ।

एक सय ५२औँ विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ठ कार्यसम्पादन गरेको भनी घोषणा गरिएका गोरखा, सल्यान, म्याग्दी र भक्तपुर हुलाक कार्यालयका प्रमुखहरू सम्मानित हुनुभएको छ । कार्यक्रममा हुलाक प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

  • काठमाडौँ
  • गोरखा
  • भक्तपुर
  • म्याग्दी
  • सल्यान
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

  • Post Thumbnail

    भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा

  • Post Thumbnail

    सखिया नाच जोगाउन सक्रिय बन्दै ‘थारु अगुवा’

  • Post Thumbnail

    खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    Post Thumbnail

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    Post Thumbnail

    नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

    पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

    पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution