Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा

नवरात्रका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं २० स्थित भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा सुरु गरिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २७ असोजः नवरात्रका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं २० स्थित भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा सुरु गरिएको छ ।

जय मातादी सेवा समाजको आयोजनामा आश्विन शुक्ल प्रतिपदादेखि सामूहिक दुर्गा पूजा सुरु गरिएको अध्यक्ष सन्तोषकुमार गुप्ताले राससलाई जानकारी दिनुभयो ।

असोज २५ गते आइतबारदेखि सुरु गरिएको सामूहिक दुर्गा पूजा कात्तिक ४ गते विजयादशमीका दिन बिहानसम्म गरिने पनि उहाँले सुनाउनुभयो । दुर्गा पूजामा दैनिक हजारौँ भक्तजन सहभागी हुने गरेका छन् ।

दुर्गा पूजाका क्रममा असोज ३० गते शुक्रबार भीमसेनस्थान क्षेत्रमा पालकी यात्रा गरिने समाजले जनाएको छ । भीमसेनस्थानस्थित परोपकार पुलमुनि असोज ३१ गते शनिबार फूलपातीका दिनमा पालकीबाट दुर्गादेवीको आँखा खोलिने कार्यक्रम राखिएको छ ।

समाजले बेलको हाँगामा दुर्गादेवीको बास हुने विश्वासमा पूजामा राख्ने गरेको अध्यक्ष गुप्ताले बताउनुभयो । दुर्गा पूजाका क्रममा महाअष्टमी र महानवमीका दिनमा राति जागरणको कार्यक्रम राखिएको छ ।

विगत १९ वर्षअघिदेखि समाजले यहाँ प्रत्येक वर्ष सामूहिक दुर्गा पूजा गर्दै आएको छ । असोज २५ गते भद्रकाली मन्दिरबाट कलशयात्रा गरी दुर्गा पूजा सुरु गरिएको थियो । कात्तिक ४ गते विजयादशमीका दिन देवी विसर्जन गरी दुर्गाको प्रसाद लगाएपछि दुर्गा पूजा समापन गरिने जनाइएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

  • हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

    हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

  • Post Thumbnail

    सखिया नाच जोगाउन सक्रिय बन्दै ‘थारु अगुवा’

  • Post Thumbnail

    खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    Post Thumbnail

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    Post Thumbnail

    नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

    पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

    पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution