Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विपद् पूर्वतयारी र सुरक्षित पूर्वाधारमा जोड

एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्छोले पर्वतीय क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिनुभएको छ ।
रासस ३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २७ असोजः एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्छोले पर्वतीय क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिनुभएको छ ।

अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका बाढीजन्य विपद्ले पर्वतीय क्षेत्रमा जोखिमको प्रकृति जटिल बन्दै गएको देखाएको बताउनुभयो ।

गत भदौ १० मा रसुवा–केरुङ क्षेत्रको बाढी र आइतबार बूढीगण्डकीको बाढीले सामान्य दिन र विपद्बीचको दूरी निकै छोटो हुनसक्ने तथ्य उजागर गरेको स्पष्ट पार्नुभयो ।

“उच्च पर्वतीय क्षेत्रमा उत्पन्न हुने जोखिम झन्झन् जटिल, एकअर्कासँग अन्तरसम्बन्धित र पूर्वानुमान गर्न कठिन हुँदै गएका छन्”, ग्याम्छोले भन्नुभयो, “पहाडी तथा हिमाली क्षेत्रमा माथिल्लो भेगमा हुने घटनाले तल्लो तटीय क्षेत्रमा रहेका बस्ती, पूर्वाधार र जीविकोपार्जनमा समेत गम्भीर असर पार्न सक्छन् ।”

महानिर्देशक ग्याम्छोले विपद् व्यवस्थापनमा नेपाल सरकार, विशेषगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्वाह गरेको नेतृत्वको प्रशंसा गर्नुभयो ।

उहाँले विपद् प्रभावित समुदाय, उद्धारकर्मी तथा सहयोगमा संलग्न संस्थाप्रति आभार व्यक्त गर्दै नेपाल सरकारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

महानिर्देशक ग्याम्छोले विपद्को आवृत्ति र तीव्रता बढ्दै जाने जोखिम रहे पनि त्यसको समय, स्थान र स्वरूप ठ्याक्कै पूर्वानुमान गर्न नसकिने भएकाले नागरिकलाई पूर्वतयारी अवस्थामा राख्नु महत्त्वपूर्ण हुने बताउनुभयो ।

महानिर्देशक ग्याम्छोका अनुसार विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, समयमै पूर्वसूचना पुर्याउने तथा घर, सडक, पुल, जलविद्युत् आयोजना र जीविकोपार्जनका आधारलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन आवश्यक छ ।

यस वर्षको अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको ‘सुरक्षित घरबाटै उत्थानशीलताको सुरुआत’ भन्ने मूल सन्देश छ । उक्त सन्देशले पनि विपद्पछिको उद्धार तथा राहतमा मात्र सीमित नभई घरपरिवार, समुदाय, पूर्वाधार र संस्था जोखिम सामना गर्न कति तयार छन् भन्ने विषयमा ध्यान दिन आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो ।

महानिर्देशक ग्याम्छोले इसिमोडले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व र स्वीट्जरल्यान्डको दूतावासको सहयोगमा रसुवा–केरुङ बाढीबाट सिकेका पाठका आधारमा हिन्दूकुश हिमालय क्षेत्रमा उच्च पर्वतीय विपद्को शृङ्खलाबद्ध प्रभाव सामना गर्न पूर्वतयारी सुदृढ गर्ने विषयमा क्षेत्रीय बैठक आयोजना गरेको जानकारी दिनुभयो ।

उहाँले उक्त बैठकबाट विपद्अघि, विपद्का समयमा र विपद्पछि अपनाउनुपर्ने उपाय समेटिएको ‘काठमाडौँका १० कार्यबुँदा’ तयार गरिएकोे बताउनुभयो । महानिर्देशक ग्याम्छोले पूर्वतयारी सुदृढ गर्न, सूचनाको आदानप्रदान सुधार गर्न र क्षेत्रीय सहकार्य अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रसुवा र बूढीगण्डकीमा भएका बाढीका घटनाले माथिल्लो जलाधार क्षेत्रमा हुने विपद्को प्रभाव तल्लो तटीय क्षेत्रसम्म फैलिन सक्ने देखाएको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विकास योजना तथा कार्यक्रम निर्माण गर्दा बहुप्रकोप जोखिम मूल्याङ्कनलाई आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले इसिमोडले रसुवा–केरुङ विपद्सम्बन्धी आफ्नो मूल्याङ्कन सार्वजनिक गर्ने र पछिल्लो विपद्का विषयमा पनि सरकारी निकायसँग सहकार्य गरी समान प्रकृतिको प्रतिवेदन तयार गर्न प्रयास गर्ने बताउनुभयो ।

महानिर्देशक ग्याम्छोले विपद् घटेपछि प्रतिक्रिया जनाउने परम्परागत अभ्यासबाट अघि बढेर जोखिमलाई विकास योजना, निर्माण तथा लगानीको केन्द्रमा राख्नुपर्ने सुझाव दिनुभयो ।

  • काठमाडौँ
  • पर्वत
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

  • मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

  • Post Thumbnail

    स्थानीयवासीले जनश्रमदानबाट पैदल पुल निर्माण गर्दै

  • विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

    विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

    हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

    Post Thumbnail

    भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा

    Post Thumbnail

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

    Post Thumbnail

    चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution