Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
उदयपुर

चौदण्डीगढी नगरपालिकाद्वारा सदा समुदायलाई आर्थिक सहयोग

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध गराएको छ ।
रासस २२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (५ घण्टा अघि)
Post Thumbnail

उदयपुर, २७ असोजः उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध गराएको छ ।

दसैँजस्ता ठूला चाडपर्वमा आर्थिक अभावका कारण खुसी साट्न समेत कठिन हुने अति विपन्न सदा ( मुसहर) समुदायलाई प्रतिपरिवार रु तीन हजारका दरले दसैँ खर्च उपलब्ध गराएको हो । नगरपालिकाले स्थानीय सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगरभित्र स्थायी बसोबास गर्ने २२८ मुसहर परिवारलाई दसैँ खर्च उपलब्ध गराएको हो ।

नगरपालिकाले देशका ७५३ स्थानीय तहमध्ये मुसहर समुदायलाई लक्षित गरी यस्तो कार्यक्रम पहिलोपटक सञ्चालन गरेको दाबी गरेको छ । ‘चौदण्डीगढी नगरपालिकाको सदा समुदायलाई दसैँ खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार अति विपन्न परिवारलाई चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशनी देवी कार्कीले जानकारी दिनुभयो ।

चौदण्डीगढी नगरपालिका–५ का १०० परिवार, वडा नं ९ का ४४ परिवार र वडा नं १० का २३ परिवारलाई रकम हस्तान्तरण गरिएको हो । वडा नं २ का ६१ मुसहर परिवारलाई रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । यसअनुसार नगरपालिकाले कूल २२८ परिवारलाई रु छ लाख ८४ हजार वितरण गर्नेछ ।

रकम हस्तान्तरण गर्दै नगरप्रमुख कालुमान लामाले मुसहर समुदायको आर्थिक अवस्था र चाडपर्व मनाउने परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताउनुभयो । दसैँ खर्च प्राप्त गरेपछि मुसहर समुदायका सदस्यले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी श्यामकुमारी सदाले नगरपालिकाको सहयोगले आफूहरू निकै हर्षित भएको बताउनुभयो । सरिता सदाले प्राप्त रकमबाट बालबालिकाका लागि दसैँमा नयाँ कपडा किन्ने योजना सुनाउनुभयो ।

नगरपालिकाका सामाजिक शाखा प्रमुख नवराज बरालका अनुसार चौदण्डीगढीमा ५१५ महिला र ५०९ पुरुष गरी कूल एक हजार २४ जना सदा समुदायको जनसङ्ख्या छ ।

  • उदयपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सखिया नाच जोगाउन सक्रिय बन्दै ‘थारु अगुवा’

  • Post Thumbnail

    खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

  • Post Thumbnail

    बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन

  • Post Thumbnail

    चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

    Post Thumbnail

    बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न

    Post Thumbnail

    सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

    Post Thumbnail

    विपद् पूर्वतयारी र सुरक्षित पूर्वाधारमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution