Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना

दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोजः दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ ।

चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्रता दिएकोछ ।

चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित तथा चालकलाई जिम्मेवार बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुको बढी आवागमन हुने क्षेत्र, मुख्य सडक तथा सवारीसाधन सञ्चालन हुने प्रमुख स्थानमा केन्द्रित भएर सचेतना अभियान अगाडि बढाएको छ ।

ट्राफिक प्रहरीले काठमाडौँको नयाँ बसपार्क, नागढुङ्गा, कोटेश्वरलगायतका प्रमुख क्षेत्रमा विशेष अभियान सञ्चालन गरिरहेको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने नयाँ बसपार्क र उपत्यका प्रवेश गर्ने तथा बाहिरिने मुख्य नाका नागढुङ्गा र कोटेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा विशेष निगरानी बढाइएको जनाइएको छ ।

उक्त अभियानअन्तर्गत लामो तथा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनका चालक र यात्रुलाई ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनबारे जानकारी दिने तथा सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण र मादक पदार्थ सेवन (मापसे) जाँचलाई समेत प्राथमिकता दिइएको छ ।

चाडपर्व सुरु भएसँगै सवारी दुर्घटना न्यूनीकरणका लागि उपत्यका प्रमुख नाकामा नागरिक सचेतना अभियानसहित ट्राफिक प्रहरीको सक्रियता थप बढाइएको उहाँले बताउनुभयो ।

वरिष्ठ उपरीक्षक काफ्लेले भन्नुभयो, “ट्राफिक प्रहरी जहिले पनि सडकमै खटिएको छ । अहिले चाडपर्वको समय सुरु भएकाले हामीले ट्राफिक सचेतना र जनचेतनामूलक कार्यक्रमलाई थप अघि बढाएका छौँ । हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो ।”

उहाँका अनुसार चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने भएकाले सवारीसाधनको सुरक्षित सञ्चालन, चालकको जिम्मेवारी र ट्राफिक नियमको पालना विशेष महत्त्वपूर्ण हुन्छ । सम्भावित दुर्घटना रोक्न र यात्रुलाई गन्तव्यसम्म सुरक्षित रूपमा पुग्ने वातावरण बनाउन ट्राफिक प्रहरीले सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

माइकिङमार्फत यात्रु र चालकलाई सचेतना

ट्राफिक प्रहरीले सडक तथा सवारीसाधन सञ्चालन हुने प्रमुख स्थानमा माइकिङ गरी सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिरहेको छ । यात्राका क्रममा सावधानी अपनाउन, सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न तथा चालकले सडक अनुशासन कायम राख्नुपर्ने विषयमा जानकारी दिइँदै आएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सुरक्षित यात्रा सुनिश्चित गर्ने, जिम्मेवार चालकको व्यवहार विकास गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“सुरक्षित यात्रा, जिम्मेवार चालक र दुर्घटनामुक्त सडक निर्माणमा ट्राफिक प्रहरी सक्रिय रूपमा खटिएको छ । चाडपर्व सबैको उल्लासमय तरिकाले बितोस् भन्ने ट्राफिक प्रहरीको चाहना हो,” उहाँले भन्नुभयो ।

अरु बेलाको तुलनामा चाडपर्वका समयमा नागरिकले यात्रालाई सुरक्षित तुल्याउन अझ बढी सजग र सचेतना अपनाउनुपर्ने आवश्यकतामा जोड दिँदै प्रवक्ता सुवेदीले ट्राफिक नियमको प्रभावकारी पालना गराउन प्रहरी परिचालनसँगै जनचेतनामूलक गतिविधिलाई पनि अघि बढाइएको छ । सडकमा हुने सम्भावित जोखिमबारे यात्रु तथा चालकलाई समयमै जानकारी गराउँदा दुर्घटना रोकथाममा सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।

सवारीसाधनको अवस्था परीक्षण र मापसे जाँचमा जोड

सार्वजनिक सवारीसाधनबाट चाडपर्वका समयमा यात्रा गर्ने यात्रुको सङ्ख्या बढ्ने भएकाले सवारीसाधनको यान्त्रिक अवस्था र चालकको जिम्मेवारीलाई ट्राफिक प्रहरीले विशेष ध्यान दिएको जनाइएको छ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक परीक्षण गर्नुका साथै चालकले मादक पदार्थ सेवन गरी सवारी चलाए वा नचलाएको विषयमा जाँचसमेत गरिँदै आएको छ ।

लामो दूरीको यात्रामा निस्कने सवारीसाधनको अवस्था, चालकको सतर्कता र सडकमा अपनाउनुपर्ने सावधानीले यात्राको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता विषयमा यात्रु तथा चालकलाई सचेत गराइएको छ । सवारीसाधनको अवस्था कमजोर हुँदा वा चालकले लापरबाही गर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यात्रा सुरु गर्नुअघि आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

त्यसैगरी, सडकमा सवारी चलाउँदा ट्राफिक सङ्केतको पालना गर्ने, तीव्र गतिमा सवारी नचलाउने, क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई सुरक्षित रूपमा चढाउने र ओराल्ने तथा चालकले आफ्नो जिम्मेवारी पूरा गर्ने विषयमा समेत सचेतना दिइँदै आएको छ ।

सुरक्षित र व्यवस्थित यात्राका लागि ट्राफिक प्रहरीको आग्रह

दसैँ, तिहारलगायतका चाडपर्वमा परिवार तथा आफन्तसँग भेटघाट गर्न, घर फर्किन र विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुग्न नागरिकको आवागमन बढ्ने गर्दैआएको छ । त्यस्तो समयमा सडकमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले चालक, यात्रु र पैदलयात्री सबैले सावधानी अपनाउनुपर्ने ट्राफिक प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।

ट्राफिक प्रहरीले यात्राका क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न तथा चालकले थकान महसुस भएमा विश्राम लिन आग्रह गरेको छ । यात्रुले पनि सवारीसाधन चढ्दा र ओर्लँदा सावधानी अपनाउन तथा यात्राका क्रममा चालकलाई अनावश्यक दबाब नदिन अनुरोध गरेको छ ।

चाडपर्वलाई सुरक्षित, व्यवस्थित र उल्लासमय बनाउन प्रहरीको निगरानी तथा सचेतना अभियानसँगै नागरिकको जिम्मेवार व्यवहार पनि आवश्यक रहेको छ । ट्राफिक नियमको पालना र सावधानीपूर्ण यात्राले दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने भएकाले चाडपर्वका समयमा विशेष सतर्कता अपनाउन ट्राफिक प्रहरीले सबैमा आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वको अवधिमा यात्रुको सहजता र सडक सुरक्षालाई ध्यानमा राख्दै सचेतनामूलक गतिविधि तथा आवश्यक जाँचलाई निरन्तरता दिने जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुलाई सुरक्षित यात्राका लागि सवारीसाधनमा यात्रा गर्नुअघि आवश्यक सावधानी अपनाउन तथा चालकलाई क्षमताभन्दा बढी यात्रु नबोक्न, तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रहसमेत गरेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित

  • Post Thumbnail

    निकुञ्जमा जिप सफारी सुरु

  • Post Thumbnail

    आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

  • Post Thumbnail

    हराउन थाले दसैँका परम्परागत पिङ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

    थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

    ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु

    ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु

    Post Thumbnail

    दीक्षान्त समारोह–महानिरीक्षक कार्की

    Post Thumbnail

    आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution