Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र टोखाको विकासमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (५७ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, २५ असोज : धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र टोखाको विकासमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

पूर्वजनप्रतिनिधि फोरमले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले टोखाको विकासमा एकतावद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।

अर्थविद् डा चन्द्रमणि अधिकारीले स्थानीय तहलाई संविधानले निकै बढी अधिकार र आर्थिक जिम्मेवारी दिएकाले स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय जनताका समस्या सुन्ने नजिकको सरकार स्थानीय सरकार भएकाले यसलाई सही ढङ्गले सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसकी नेत्री एवं बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले नागरिकको सुखदुःखमा प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्ने, स्थानीय विकास निर्माणमा नेतृत्व लिने र सुशासन कायम गर्ने दिशामा पूर्वजनप्रतिनिधि फोरमले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले पूर्वजनप्रतिनिधि फोरमले आफ्नो कार्यकालमा गरेका गौरवपूर्ण इतिहासलाई साक्षी राख्दै बदलिँदो परिस्थितिमा जनतालाई राष्ट्रप्रति बफादार बनाउन फोरमले योगदान गर्दै आएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिकाका सभापति सूर्यप्रसाद काफ्लेले टोखाको पहिचानलाई थप स्थापित गर्न, स्थानीय इतिहास र संस्कृतिप्रति नयाँ पुस्तामा चासो बढाउन पूर्व जनप्रतिनिधी फोरमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) टोखा नगरपालिकाका अध्यक्ष गोपिकृष्ण पाठक, नेपाली कम्युष्टि पार्टी (नेकपा) का नगर संयोजक नविन डङ्गोललगायतले आफ्नो कार्यकालमा गरेका भोगेका अनुभव तथा गौरवपूर्ण इतिहासलाई साक्षी राख्दै नगरवासीलाई राष्ट्रप्रति वफादार एवं राष्ट्रियताको भावना अभिवृद्धि गर्ने क्रममा फोरमको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

फोरमका संस्थापक अध्यक्ष दीपकराज जोशीले टोखाभित्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, शैक्षिक क्षेत्रको विकासमा फोरमले काम गर्दै आइरहेको बताउनुभयो । फोरमका अध्यक्ष उत्तम अधिकारीले स्थानीय तहको विकास, समृद्ध र सामाजिक रूपान्तरणमा फोरमले काम गर्दै आएको बताउनुभयो । टोखाको विकासमा सबै एकतावद्ध हुनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा फोरमद्धारा टोखा नगरभित्रका विविध पक्षलाई समेटेर प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    बूढीगण्डकी बाढीः कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः त्रिशूली र नारायणी किनारमा सतर्कता

  • क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी

    क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी

  • Post Thumbnail

    कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

    प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

    प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

    कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

    कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

    Post Thumbnail

    ‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution