
जुम्ला, २५ असोजः सिटिजन्स बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको पातारासी गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई ‘स्वेटर’ प्रदान गरेको छ ।
विद्यालय परिसरमा शनिबार आयोजित एक कार्यक्रममा आर्थिक रुपमा विपन्न उनीहरुलाई यहाँस्थित बैङ्कका शाखा प्रबन्धक केसाङ लामाले स्वेटर प्रदान गर्नुभएको हो । उहाँले भविष्यमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रको उन्नयनका निम्ति बैङ्कले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाछिराम खड्का तथा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरेकामा बैङ्कप्रति आभार व्यक्त गर्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |