
काभ्रेपलाञ्चोक, २४ असोजः जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । यस क्रममा दुई हजार ६०२ मतदाताको नाम हटाइएको छ ।
उक्त कार्यालयका अनुसार दोहोरो दर्ता भएका एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परित्यागका दुई जनाको नाम हटाइएको हो ।
निर्वाचन आयोगले २०८४ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । काभ्रेपलाञ्चोकमा गत प्रतिनिधिसभा निर्वाचनमा तीन लाख २६ हजार ६११ मतदाता थिए ।
नाम हटेका सबैभन्दा धेरै भुम्लु गाउँपालिकाका हुन् । उक्त पालिकाबाट ४४७ जनाको नाम कट्टा गरिएको छ । पनौती नगरपालिकाबाट ४३८ जनाको नाम हटाइएको छ भने नमोबुद्ध नगरको ३९० जनाको नाम कट्टा भएको छ ।
यसैगरी, बनेपा नगरका ३२०, धुलिखेलका १७७, मण्डनदेउपुरका १०२ पाँचखालका १३८, महाभारतको चाँैरीदेउरालीका ११८, रोशीका ९९, बेथानचोकका ८८, तेमालका ८२ र खानीखोलाका ६८ जनाको नाम हटाइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |