Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन

इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) सम्बन्धी माग चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएपछि आमरण अनशनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनले अनशन तोड्नुभएको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २३ असोजः इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) सम्बन्धी माग चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएपछि आमरण अनशनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनले अनशन तोड्नुभएको छ ।

एमबिबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरूको निर्वाह भत्तासम्बन्धी माग आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएसँगै हरिजनले आज अनशन तोड्नुभएको हो । सम्झौतामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी र चिकित्सा शिक्षा आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका साथै अनशनरत हरिजन तथा चिकित्सा शिक्षाका विद्यार्थी रेशम विष्ट, सन्तोष चौधरी र महेश्वर अधिकारी सहभागी हुनुहुन्थ्यो ।

इन्टर्न चिकित्सकको पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रमको मूल्याङ्कन गर्नुपर्नेलगायत माग राख्दै हरिजन गत साउन १९ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको थियो । सरकारले साउन २२ गते पाँच बुँदे सहमति गरेपछि उहाँले अनशन तोड्नुभएको थियो । उक्त सहमति कार्यान्वयन नभएपछि हरिजनले यही असोज १९ गतेदेखि पुनः आमरण अनशन सुरु गर्नुभएको थियो ।

सम्झौताअनुसार अन्य मागका सम्बन्धमा चिकित्सा शिक्षा आयोगबाट सम्बोधन भइरहेको र आगामी दिनमा पनि सम्बोधन गरिने जनाइएको छ । हरिजनले स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्ने, एमबीबीएस तथा बीडीएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउनुपर्ने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्नुपर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनुपर्ने लगायतका माग राख्नुभएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

  • Post Thumbnail

    शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

  • Post Thumbnail

    मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे

  • Post Thumbnail

    ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

    Post Thumbnail

    निसीखोलामा बाढीपहिरोबाट रु १० करोडको क्षति

    Post Thumbnail

    कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

    Post Thumbnail

    पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution