Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

राससका अध्यक्ष रानामगरको बिदाइ

राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिका अध्यक्ष उदयबहादुर राना मगरको आज सम्मानसहित बिदाइ गरिएको छ । भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राससका महाप्रबन्धक सन्दीप राईले अध्यक्षको जिम्मेवारीमा रहँदा उहाँले पुर् याउनुभएको योगदानप्रति आभार व्यक्त गर्दै सम्मान व्यक्त गर्नुभयो ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ घण्टा अघि)
राससका अध्यक्ष रानामगरको बिदाइ

काठमाडौँ, २३ असोज : राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिका अध्यक्ष उदयबहादुर राना मगरको आज सम्मानसहित बिदाइ गरिएको छ । भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राससका महाप्रबन्धक सन्दीप राईले अध्यक्षको जिम्मेवारीमा रहँदा उहाँले पुर्‍याउनुभएको योगदानप्रति आभार व्यक्त गर्दै सम्मान व्यक्त गर्नुभयो ।

सो अवसरमा छ महिनाको छोटो समयमा राससको अध्यक्षमा रहँदा उहाँले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाहका साथै संस्थाको संस्थागत एवं नीतिगत सुधारमा योगदान गर्नुभएको छ ।

रासस अध्यक्ष एवं सहसचिव रानामगरले राससको विद्यमान ऐन विसं २०१९ देखि परिवर्तन हुन नसकेको सन्दर्भमा यसै आर्थिक वर्षमा संसद्मा विधेयक पेस हुने सूचीमा रहेको सन्दर्भ उल्लेख गर्दै ‘डिरेल भएको’ राससको मार्गलाई लयमा लैजाने प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

महाप्रबन्धक राईले रानामगर अध्यक्ष हुँदा प्राप्त भएको अभिभावकत्व र संस्थागत सुधारमा भए गरेका काम सराहनीय एवं महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले यसबीचमा राससले विभिन्न नीतिगत सुधार गर्न सफल भएको अवगत गराउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयको सहसचिव रहँदा गत वैशाख २ गते मन्त्रीस्तरको निर्णयबाट राससको अध्यक्षमा नियुक्त रानामगर नेपाल सरकारको निर्णयअनुसार हालै रक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ ।

प्रधानसम्पादक उत्तम सिल्वालले चालु आर्थिक वर्षमा राससको बजेट वृद्धिका लागि अध्यक्ष रानामगरले निर्वाह गर्नुभएको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रमुख समाचारदाता एकराज पाठकले प्रभावकारी एवं एतिहासिक काम गर्नलाई लामो समयावधी नचाहिने उदाहरण रानामगरले प्रदर्शन गर्नुभएको बताउँदै स्थानीय समाचारदाताको पारिश्रमिक वृद्धिलगायत सुधारका कामप्रति उहाँको प्रशंसा गर्नभयो ।

अन्तरराष्ट्रिय सेवा प्रमुख दीलिप अधिकारीले पछिल्लो समयमा आर्थिक र भौतिक तथा तीनिगत क्षेत्रमा राससको प्रगति हुन सकेकामा खुसी व्यक्त गर्नुभयो ।

राससका आलेख सेवा प्रमुख एवं सञ्चालक समितिका निवर्तमान सदस्य कृष्ण अधिकारीले संस्थामा वित्तीय अनुशासन कायम गर्नमा भएका प्रयासको चर्चा गर्नुभयो ।

राससका निमित्त प्रशासन प्रमुख भरत केसीले वर्तमान नेतृत्वको पहलबाट पदपूर्ति प्रक्रिया अघि बढेको, ऐन/ कानुन परिमार्जत प्रक्रिया सुरु भएको, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सुरु भएको, बागमती प्रदेशको मुख्यालय हेटौँडामा सरकारी भवन राससलाई भोगाधिकार प्राप्त भएको, स्थानीय समाचारदाताको पारिश्रमिक वृद्धि भएको जस्ता सुधारात्मक उदाहरण प्रस्तुत गर्नुभयो ।

  • काठमाडौँ
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

  • Post Thumbnail

    चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

  • Post Thumbnail

    सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

  • Post Thumbnail

    मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    Post Thumbnail

    चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

    Post Thumbnail

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

    Post Thumbnail

    सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution