Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति पुर् याएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, २३ असोजः यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

विपद्मा परी छ जनाको मृत्यु भएको छ भने ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाका अनुसार विपद्बाट विस्थापित परिवारलाई सुरक्षित राख्न तीन स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरिएको छ । वडा नं ६ घारस्थित वडा कार्यालयमा रहेको आश्रयस्थलमा पाउद्वारका ९४ जना, शिखमा रहेको आश्रयस्थलमा किन्दु र धस्केखोरका ९१ जना तथा काफलडाँडाको सिरुबारीस्थित आश्रयस्थलमा महभीरका ७० जनालाई राखिएको छ ।

तीनवटा आश्रयस्थलमा गरी २५५ जना प्रभावितले आश्रय लिएका छन् । थप १५६ जना प्रभावित आफन्त तथा छिमेकीको घरमा बसेका छन् । गाउँपालिकाले त्रिपाल र टेन्टको व्यवस्था गरी प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

विपद्पछि सडक, विद्युत् र सञ्चार सेवा लामो समयसम्म अवरुद्ध हुँदा प्रभावित बस्तीमा दैनिक उपभोग्य सामग्री पुर्‍याउन कठिन भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएका सामग्रीसमेत सकिन थालेका छन् । आश्रयस्थलसम्म पुग्ने सडक अवरुद्ध हुँदा राहत वितरणमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले क्षतिग्रस्त विद्युत्का पोल तथा वितरण लाइन मर्मत गरेपछि ११ दिनपछि गाउँपालिका केन्द्र पोखरेबगर, नागी, राम्चे, भुरुङतातोपानी र दानालगायत क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याएको छ । शिख र घोडेपानीलगायतका बस्तीमा भने अझै विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोतको अभाव भएपछि सहयोगको अपिल गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीको कटानका कारण गाउँपालिकाको महभीरदेखि मुस्ताङको सीमासम्मका बस्तीको संरक्षण गर्नु चुनौतीपूर्ण बनेको छ ।

बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान तथा पहिरोको समस्या निम्त्याएको छ । सडक अवरुद्ध हुँदा प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याउन र आवतजावत गर्न कठिनाइ भएको छ । घर, गोठ, खानेपानी आयोजना, सिँचाइ, कृषि क्षेत्र तथा सार्वजनिक संरचनामा पुगेको क्षतिले स्थानीयको जनजीवन र जीविकोपार्जनमा समेत असर पारेको छ ।

प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै जोखिममा रहेका बस्तीको प्राविधिक अध्ययन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष पुनले बताउनुभयो । क्षतिग्रस्त सडक, खानेपानी, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले गाउँपालिकाको स्रोतसाधनले मात्रै सम्भव नहुने उहाँको भनाइ छ ।

अध्यक्ष पुनले विपद् उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न चाहने सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, उद्यमी, व्यवसायी तथा सहयोगी व्यक्तिलाई गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ । गाउँपालिकाले कोषमा उपलब्ध क्युआर कोडमार्फत पनि सहयोग गर्न सकिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट प्रभावित परिवारको सुरक्षित बसोबास, जोखिमयुक्त बस्तीको संरक्षण तथा स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । यी कार्यका लागि सङ्घीय तथा प्रदेश सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

  • नेपाली सेना
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

  • गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

    गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

  • Post Thumbnail

    एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर

  • Post Thumbnail

    उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    राससका अध्यक्ष रानामगरको बिदाइ

    राससका अध्यक्ष रानामगरको बिदाइ

    Post Thumbnail

    बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution