
बागमती, २३ असोजः मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट २०५२÷५३ सालतिर जिल्लामा सुरु भएको यो व्यवसाय तीन दशकको अन्तरालमा विस्तारित भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाले जानकारी दिनुभयो ।
मकवानपुरको गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा नं १६, १७ लगायतका स्थानमा यसको विस्तार भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा लेयर्स र ब्रोइलर गरी १० लाखभन्दा बढी कुखुरापालन भइरहेको छ”, उहाँले भन्नुभयो, “उत्पादित कुखुराको बजारको समस्या छैन । राजधानी काठमाडौँसँगै वीरगन्ज र मधेसका विभिन्न स्थानमा यहाँको उत्पादन पुग्ने गरेको छ ।”
जिल्लामा करिब ४०० को सङ्ख्यामा कुखुरापालक व्यवसायी रहेको उहाँले बताउनुभयो । जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा पाल्ने व्यवसायी पाँच÷छ जनामात्रै छन् । यस्तै, १० देखि २० हजारको सङ्ख्यामा कुखुरापालन गर्ने व्यवसायी भने केही बढी छन् ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बाहिरबाट आयातित कुखुरा तथा अण्डा निरुत्साहित गर्नेगरी राज्यले नीति लिनु जरुरी भएको सङ्घका जिल्ला उपाध्यक्ष रविन ढकालको भनाइ छ । मकवानपुरमा दैनिक चारदेखि साढे चार लाख अण्डा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |