Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

‘लमजुङ दरबार’सँगै बाँचेको माया

‘गाउँसहरमा लमजुङ दरबार...’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ दिन अघि)
‘लमजुङ दरबार’सँगै बाँचेको माया

लमजुङ, २३ असोज : ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ ।

लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहनुभएकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो ।

बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मनुभएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरका रोदी, मेलापात, विवाह तथा पूजापर्वमा गीत गाउन थाल्नुभएको थियो । त्यतिबेला गीत गाएबापत पारिश्रमिक पाइँदैनथ्यो । कतिपय ठाउँमा आवातजावत खर्चसमेत नपुग्ने अवस्था थियो । परिवार र आफन्तको साथमा उहाँको गायनयात्रा भने रोकिएन ।

विसं २०४४ मा पोखरा पुगेपछि रेडियो नेपालका लोकगीत सुन्ने अवसर पाएसँगै उहाँमा पनि गीत गाउने रहर बढ्यो । अवसर खोज्दै जाँदा त्यसको एक वर्षपछि २०४५ सालमा रेडियो नेपालको ‘प्रतिभा’ कार्यक्रममा उहाँले गीत गाउने अवसर प्राप्त गर्नुभयो । त्यसपछि उहाँकै शब्द र स्वरका लोकगीत रेडियो नेपालमा गुञ्जिन थाले ।

विसं २०४५ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको अञ्चलस्तरीय खुला लोकगीत प्रतियोगितामा उमा गुरुङसँग मिलेर ‘गाउँसहरमा लमजुङ दरबार’ गीत गाउनुभयो । प्रतियोगितामा प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेको उक्त गीतले उहाँलाई साङ्गीतिक क्षेत्रमा स्थापित गराउनुका साथै लमजुङको साङ्गीतिक पहिचानसमेत फराकिलो बनायो ।

‘सैलुङे डाँडा नाल्माको’, ‘माया सरर’ र ‘खुर्पेटो डोकोले’ उहाँका चर्चित सृजना हुन् । गीतसङ्गीतको यात्रासँगै उहाँको व्यक्तिगत जीवन भने सहज रहेन । विसं २०४३ मा लेखमान गुरुङसँग पोखराको विन्ध्यवासिनी मन्दिरमा प्रेमविवाह गर्नुभएकी गुरुङले त्यसपछि पारिवारिक कठिनाइ झेल्नुपर्यो ।

घरपरिवारको जिम्मेवारी र आर्थिक अभावबीच पनि उहाँले गायनलाई छाड्नुभएन । कलाकारिताबाट मात्रै जीविकोपार्जन गर्न कठिन भएपछि पशुपालनलगायतका काम गर्नुभयो । “यत्तिका वर्ष कलाकार भएँ, मैले पैसा कमाइनँ, इज्जत र दर्शक कमाएँ, यसमा खुसी छु”, उहाँले भन्नुभयो । लामो समयदेखि आफ्नै एकल साङ्गीतिक कार्यक्रम गर्ने उहाँको चाहना अब पूरा हुँदैछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको आयोजनामा आगामी मङ्सिर १९ गते बेँसीसहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा ‘माया गुरुङ एकल साङ्गीतिक साँझ–२०८३’ आयोजना हुँदैछ । कार्यक्रमबाट बचत भएको रकम कलाकार कल्याण कोष स्थापनामा उपयोग गर्ने तयारी गरिएको छ ।

उहाँ पुराना लोकभाका र मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताले आफ्ना मौलिक गीत, सङ्गीत र संस्कृतिलाई नबिर्सियोस् भन्ने चाहनुहुन्छ । समयसँगै गीत सुन्ने माध्यम र शैली फेरिए, कतिपय पुराना भाका ओझेल परे । तर उहाँको गीतसङ्गीतप्रतिको प्रेम भने उस्तै छ । “मर्ने बेलासम्म यही ‘लमजुङ दरबार’ गाउँदै मर्न पाऊँ । मरिसकेपछि पनि यही गीत गाएर मलाई बिदाइ गरियोस् । म नरहे पनि ‘लमजुङ दरबार’ गीत सधैँभरि गुञ्जिरहोस् भन्ने मेरो चाहना हो”, उहाँले भन्नुभयो ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    दुई कलाकारका एकल चित्रकला प्रदर्शनी

  • Post Thumbnail

    आश्विन कृष्ण द्वादशी : फर्पिङ हरिशङ्करको मुख्य जात्रा मनाइँदै

  • सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

  • Post Thumbnail

    पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    Post Thumbnail

    नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    सन्दर्भः विश्व ‘अण्डा’ दिवस,
अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    सन्दर्भः विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution