Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हेटौँडा

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने

बागमती प्रदेश सरकारले गैरप्राथमिक आयोजनाको बजेट कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

हेटौँडा, २२ असोजः बागमती प्रदेश सरकारले गैरप्राथमिक आयोजनाको बजेट कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापा मगरले विपद्बाट भएको जनधनको क्षतिलाई ध्यानमा राखेर पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो ।

उहाँले बजेटको सीमितताका कारण विभिन्न मन्त्रालयअन्तर्गतका गैरप्राथमिक कार्यक्रमको बजेट कटौती गरेर भए पनि विपद् प्रभावित क्षेत्रमा परिचालन गरिने बताउनुभयो । उद्धार, उपचार तथा खाद्यान्न वितरणको चरण पूरा भइसकेकाले अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइने उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापा मगरका अनुसार विपद्मा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया ४५ दिनभित्र अघि बढाउने गरी सङ्घीय मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । प्रदेश सरकारले मृतकका परिवारलाई प्रतिमृतक रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा मुख्यमन्त्री थापा मगरले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालकको व्यवस्था कार्यान्वयन भए/नभएको अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी परीक्षण सामग्री तथा प्राविधिक जनशक्ति उपलब्ध गराइने उहाँले बताउनुभयो । लागुऔषध सेवन गरेर सवारी चलाउने चालकको अनुमतिपत्र खारेज गर्नेसम्बन्धी कानुनी व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री थापा मगरले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन सहकारीको सम्पत्ति लिलाम गर्नेसम्मको प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले कानुनबमोजिम निष्पक्ष रूपमा काम गर्न कर्मचारीलाई निर्देशन दिँदै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउन जोड दिनुभयो ।

  • मन्त्रिपरिषद्
  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

  • ऊर्जामन्त्रीद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

    ऊर्जामन्त्रीद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

  • मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

    मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

  • हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

    हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

    Post Thumbnail

    लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

    Post Thumbnail

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    Post Thumbnail

    ‘पत्रकारिता निष्पक्ष हुनुपर्छ, सामाजिक सद्भाव कायम गर्न लाग्नुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution