Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धादिङ

आँखा शिविरमा एक सय तीन जनाको शल्यक्रिया

धादिङबेँसीमा सञ्चालित दुईदिने आँखा शिविरमा एक सय तीन जनाको शल्यक्रिया गरिएको छ । शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाउने समस्या भएका बिरामीको निःशुल्क तथा सहुलियत शुल्कमा शल्यक्रिया गरिएको हो ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
आँखा शिविरमा एक सय तीन जनाको शल्यक्रिया

धादिङ, २१ असोजः धादिङबेँसीमा सञ्चालित दुईदिने आँखा शिविरमा एक सय तीन जनाको शल्यक्रिया गरिएको छ । शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाउने समस्या भएका बिरामीको निःशुल्क तथा सहुलियत शुल्कमा शल्यक्रिया गरिएको हो ।

तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाडौँ र तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र धादिङको आयोजनामा यही असोज २० र २१ गते सञ्चालित उक्त शिविरमा मोतीबिन्दु भएका ७० जनाको ‘फेको’ र २७ जनाको ‘एसआइसिएस’ प्रविधिबाट शल्यक्रिया गरिएको केन्द्रका प्रमुख सुपेन्द्र ताम्राकारले जानकारी दिनुभयो । आँखामा मासु पलाउने समस्या भएका ६ जनाको समेत शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

शिविरमा एसआइसिएस प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निःशुल्क तथा फेको प्रविधि र प्टेरिजियमको शल्यक्रिया सहुलियत शुल्कमा गरिएको प्रमुख ताम्राकारले जानकारी दिनुभयो । शिविरबाट विशेषगरी नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ र खनियाबास गाउँपालिकाका बिरामीले सेवा लिएका थिए ।

यसअघि गत भदौ महिनामा सञ्चालन गर्ने तय भएको शिविर बाढी पहिरोका कारण यातायात अवरुद्ध भएपछि स्थगित गरिएको थियो । केन्द्रका प्रमुख ताम्राकारका अनुसार मोतीबिन्दु उमेर बढ्दै जाँदा मात्र देखिने समस्या होइन, आँखामा चोटपटक लाग्दा तथा बालबालिकामा जन्मजात रूपमा समेत देखिन सक्छ । आँखासम्बन्धी जटिल समस्या देखिए विशेषज्ञ स्वास्थ्य संस्थामा उपचार गराउन, आँखालाई चोटपटकबाट जोगाउन तथा स्वस्थ जीवनशैली अपनाउन उहाँले सुझाव दिनुभयो । शिविर सञ्चालनका लागि ‘दी फ्रेड हलोज फाउन्डेसन’ले आर्थिक सहयोग गरेको हो ।

  • काठमाडौँ
  • धादिङ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    लागुऔषधसहित नौ जना पक्राउ

  • Post Thumbnail

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

  • Post Thumbnail

    आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

  • Post Thumbnail

    पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सङ्घीयताका कारण कर्णाली राज्यको मूल प्रवाहमा आयोः मुख्यमन्त्री शाही

    Post Thumbnail

    घूस लिएको अभियोगमा मुद्दा दायर

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    Post Thumbnail

    लागुऔषधसहित नौ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution