Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (५९ मिनेट अघि)
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौँ, २० असोजः सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ ।

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताउनुभयो ।

उहाँले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उहाँले विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गर्नुभयो ।

जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्नुभयो ।

सभामुख अर्यालले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

भेटका क्रममा अष्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

  • Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

  • उद्योग व्यवसायीद्वारा नारायणगढ बजार  जोगाउन माग

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

  • Post Thumbnail

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

    Post Thumbnail

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

    Post Thumbnail

    नेपाली प्रतिनिधिमण्डलद्वारा जलवायुजन्य आपत्कालीन एजेन्डामा छलफल

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution