Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा लाइएको छ । नयाँ ट्रान्सफर्मर
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), १९ असोजः तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा लाइएको छ । नयाँ ट्रान्सफर्मर सो स्थानसम्म पुर्याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले झोलुङ्गे पुलको सहारा लिनुपरेको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार केही दिन अगाडि ट्रान्सफर्मर जलेपछि विद्युत् आपूर्ति प्रभावित भएको थियो । पुरानो ट्रान्सफर्मर हटाएर नयाँ ट्रान्सफर्मर जडान गरिएपछि अहिले विद्युत् सेवा नियमित भएको छ ।

भरतपुर वितरण केन्द्रका सूचना अधिकारी विनोद ढकालका अनुसार नयाँ ट्रान्सफर्मर प्यूघर पुर्याउन स्थानीयवासीले त्रिशूली नदीमाथि रहेको झोलुङ्गे पुलबाट बोकेर तार्न सहयोग गरेका थिए । पुल तारिसकेपछि ट्रान्सफर्मरलाई गाडीमार्फत सम्बन्धित स्थानसम्म पुर्याएर जडान गरिएको ढकालले बताउनुभयो ।

ट्रान्सफर्मर परिवर्तन भएपछि प्यूघरका ६२ घरपरिवारमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि प्रभावित स्थानीयवासीलाई नयाँ ट्रान्सफर्मर जडानसँगै राहत मिलेको छ । प्यूघरमा ट्रान्सफर्मर लैजाँदा त्यहाँको पूर्वाधारको समस्या पुनः सतहमा आएको छ । घुमाउनेमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा रहेकाले सवारीसाधनमार्फत सहज रूपमा विद्युतीय उपकरण तथा अन्य सामग्री ओसारपसार गर्न कठिनाइ हुँदै आएको छ ।

पक्की पुल निर्माण सम्पन्न भएको भए ठूला तथा अत्यावश्यक सामग्री सवारीसाधनबाटै सम्बन्धित स्थानसम्म पुर्याउन सहज हुने थियो । पुल निर्माण अलपत्र हुँदा स्थानीयवासीले झोलुङ्गे पुलबाट सामग्री बोकेर नदी पार गर्नुपर्ने बाध्यता छ ।

स्थानीयका अनुसार विद्युत् सेवा, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको ओसारपसारमा सडक तथा पुलले समस्या पार्दै आएको छ । विशेषगरी आपत्कालीन अवस्थामा आवश्यक पर्ने भारी सामग्री लैजान झोलुङ्गे पुलबाट मानिसकै भर पर्नुपर्ने अवस्था छ । घुमाउने पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले पुल निर्माण नहुँदा यस भेगका हजारौँ जनताले सास्ती खेपिरहेको बताउनुभयो ।

घुमाउनेको ठेक्का तोडियो

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेघाटको पुल १२ वर्षदेखि अलपत्र रहेकामा सडक डिभिजन कार्यालय दमौलीले ठेक्का तोडिसकेको छ । उक्त ठाउँमा नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ ।

तोकिएको अवधि र थपिएको म्यादमा समेत काम सम्पन्न नगरेको तथा पटकपटक निर्देशन दिएको भए पनि निर्माण व्यवसायीले कुनै प्रयास नगरेपछि ठेक्का तोडिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो ।

सोही स्थानमा नयाँ पुल निर्माणका लागि अध्ययन सुरु भइसकेको छ । बोलपत्र आह्वान गर्न चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • चितवन
  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution