Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी.... । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१ घण्टा अघि)
थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

तुलसीपुर (दाङ), १८ असोजः भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी…. । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ ।

शनिबारमात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ । थारू समुदाय संस्कार, संस्कृति, खानपान, रहनसहनका हिसाबले धनी समुदाय भए पनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नका लागि ‘ढिक्री घर’ खोलिएको सञ्चालक रोशन रत्गैयाले बताउनुभयो ।

बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान र रेस्टुरेन्टहरूको बाक्लो उपस्थिति भए पनि थारू संस्कृतिको खानपान भने व्यावसायिक रूपमा अझै पछाडि र कमजोर रहेको भन्दै सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

विशेषगरी चामलको पीठोबाट बनाइने ढिक्री र तराईको मौलिक तथा लोकप्रिय स्वाद घोंङी, अनदीको भात, भक्का, सँुगुरको मासु, हाँसको मासु, लोकल कुखुराको मासु, गङ्गटालगायत थारू समुदायको पहिचानका रूपमा रहेका सबै परिकार उपलब्ध हुने सञ्चालक जितेन्द्र चौधरीले बताउनुभयो । “थारू समुदायको पहिचानका रूपमा जुन–जुन खाना छन्, ती सबै खानालाई हामीले उपलब्ध गराउने छौँ”, उहाँले भन्नुभयो, “यसले हाम्रो खानपानलाई व्यावसायिकमात्रै होइन, पहिचान जोगाउन पनि मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।”

ढिक्री थारू समुदायको महत्त्वपूर्ण परिकार भएको भन्दै यस्ता परिकारलाई व्यावसायिकरण गर्नु सकारात्मक कुरा रहेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । थारू समुदायका परिकार स्वास्थ्यका हिसाबले पनि उत्तम रहने भएकाले धेरैले मन पराउने गरेको भए पनि बजारीकरण हुनसकेको थिएन । तर पछिल्लो समय यसलाई व्यावसायिक बनाउँदा आम्दानीको स्रोत पनि बनेको र स्वरोजगार पनि सृजना भएको बताउनुभयो ।

जिल्ला पछिल्लो समय यसरी थारू समुदायको परिकारलाई व्यावसायिक बनाउन थालिएको छ । केही समयअघि घोराहीमा कविला रिसोर्ट, दङ्गीशरणमा थारू होमस्टे, तुलसीपुरमा थारू मिन्हीघरलगायतका व्यवसाय सञ्चालन गरेर थारू समुदायको परिकारलाई बजारीकरण गर्ने अभ्यास थालिएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारू समुदायलाई तालिम दिएर परम्परागत परिकारहरूको बजारीकरण गर्न थालिएको बताउनुभयो । उहाँले दाङसहित विभिन्न जिल्लाका थारू समुदायलाई तालिम प्रदान गरिएको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • तुलसीपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • Post Thumbnail

    दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution