Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

शीतगृहले किसानलाई राहत

धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

सुनसरी, १७ असोजः धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य हुने किसानले अहिले बिक्री नभएका कृषि उत्पादन शीतगृहमा भण्डारण गर्न थालेका छन् ।

इटहरीका व्यापारी उमेश खड्काले शीतगृह निर्माण भएपछि किसानलाई बढी भएको उत्पादन भण्डार गरेर राख्न सहज हुनुका साथै फलफूल तथा कृषि उपजको बिक्रीमा सहजता ल्याएको बताउनुभयो । कुनै फलफूल एकैपटक पाक्ने भएकाले तत्काल बजारमा बिक्री गर्दा कम मूल्यमा बेच्नुपर्ने वा बिग्रिने समस्या हुने गरेको थियो ।

शीतगृहमा राखेर १५ देखि २० दिनपछि बिक्री गर्दा पनि फलफूल नबिग्रिने भएकाले किसानलाई फाइदा पुगेको उहाँले बताउनुभयो । “अहिले ड्रागन फ्रुटलगायत फलफूल शीतगृहमा राख्ने गरेका छौँ । दुई हप्तासम्म यहाँ राख्दा पनि नबिग्रिने भएकाले बजारमा बिक्री गर्न सहज भएको छ”, खड्काले भन्नुभयो ।

धनकुटाका व्यापारी उमेश राईले शीतगृह सञ्चालनमा आएपछि कृषि उपजको बिक्री तथा भण्डारणमा सहज भएको बताउनुभयो । लामो दूरी तय गरेर धरानमा कृषि उपज बिक्री गर्न ल्याउँदा कहिलेकाहीँ बिक्री नभएर सित्तैमा बाँड्नुपर्ने वा फालेर जानुपर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

“पहिले फलफूल तथा तरकारी बिक्री नभएर के गर्ने भन्ने तनाव हुन्थ्यो । सबै खेर जान्थ्यो । तर अहिले सस्तो मूल्यमा शीतगृहमा राखेर घर फर्किन पाइन्छ र पछि आएर बिक्री गर्न सकिने भएकाले धेरै राहत मिलेको छ”, उहाँले भन्नुभयो । जाडो मौसममा फलफूल दुई-तीन दिनसम्म बाहिर राख्न सकिए पनि गर्मीमा एक दिनमै बिग्रिने समस्या रहेकामा शीतगृह निर्माणपछि किसानको मेहनत खेर जानबाट जोगिएको उहाँको भनाइ छ ।

शीतगृह निर्माण भएपछि पहाडी तथा तराई क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा र खोटाङलगायत जिल्लाबाट कृषि उपज बिक्री गर्न आउने किसानका लागि शीतगृह आम्दानी सुरक्षित गर्ने विकल्प बनेको छ ।

कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार ३०० र कृषि बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार ८४० गरी कुल रु ७६ लाख ८१ हजार १४० को लागतमा पहिलो शीतगृह निर्माण गरिएको हो ।

शीतगृहमा कृषि उपज भण्डारण गर्ने किसान तथा व्यापारीको माग बढेपछि आव २०७७/७८ मा पनि कोशी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको थियो । त्यसमा कृषि बजार व्यवस्थापन समितिले रु १७ लाख थप गरी कुल रु ६७ लाखको लागतमा अर्को शीतगृह निर्माण गरिएको कृषिउपज बजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी, आँप, केरा, भुइँकटहरलगायत फलफूललाई रसायन प्रयोग नगरी तापक्रम मिलाएर पकाउन यस वर्ष अर्को च्याम्बर निर्माण गर्न लागिएको अध्यक्ष भट्टराईले बताउनुभयो । सङ्घीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र धरान कृषि बजार व्यवस्थापन समितिको ५०/५० प्रतिशत साझेदारीमा उक्त च्याम्बर निर्माण गर्न लागिएको हो । यस वर्ष च्याम्बर निर्माण गरी आगामी असारदेखि किसानलाई सेवा उपलब्ध गराउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष भट्टराईका अनुसार अहिले शीतगृहमा छ वटा च्याम्बर छन् । एउटा च्याम्बरमा २५ देखि ३० टनसम्म कृषि उपज भण्डारण गर्न सकिन्छ । छ वटा च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षण गरिएको व्यवस्थापक उहाँले बताउनुभयो ।

शून्य डिग्री तापक्रम कायम रहने शीतगृहमा अहिले आलुको बीउ, जुम्ली स्याउ, नौनी घिउ र भारतबाट ल्याइएको सयपत्री फूल भण्डारण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । शीतगृहमा ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न सकिने उहाँले बताउनुभयो ।

शीतगृहमा कृषि उपज भण्डारण गरेबापत किसानले प्रतिकिलो प्रतिमहिना दुई रुपैयाँ ५० पैसा शुल्क तिर्नुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । व्यापारीले पनि बाहिरबाट खरिद गरेर ल्याएका स्याउ, अङ्गुर र अनारजस्ता फलफूल शीतगृहमा राख्ने गरेका छन् । धरानस्थित कृषिउपज बजारमा दैनिक एक हजारभन्दा बढी किसान र करिब २०० व्यापारीबीच कारोबार हुने गरेको छ । जाडो मौसममा भन्दा गर्मी मौसममा शीतगृहले किसानलाई अझ बढी राहत दिने विश्वास गरिएको छ ।

शीतगृह सञ्चालनपछि किसानलाई सहज भए पनि विद्युत् महसुल अत्यधिक लाग्ने र त्यसमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोडिँदा आर्थिक भार बढेको व्यवस्थापक अध्यक्ष भट्टराईले बताउनुभयो । शीतगृहको आम्दानीबाट मुस्किलले विद्युत् महसुल तिर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । “सरकारले विद्युत् महसुलमा ५० प्रतिशत छुट दिए शीतगृह सञ्चालन सहज हुने थियो”, उहाँले भन्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • खोटाङ
  • तेह्रथुम
  • धनकुटा
  • भोजपुर
  • सङ्खुवासभा
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

  • आलेखः प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…

    आलेखः प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…

  • बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

  • अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    धादिङमा अव उद्योग दर्ता अनलाईनबाटै

    धादिङमा अव उद्योग दर्ता अनलाईनबाटै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution