Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

पोखरामा उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यका लागि ‘बीटुबी’ कार्यक्रम भएको
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

पोखरा, १७ असोजः पोखरामा उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यका लागि ‘बीटुबी’ कार्यक्रम भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को सहकार्यमा होटल एसोसिएसन नेपाल गण्डकी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी र होटल एसोसिएसन पोखरा नेपालको आयोजनामा शुक्रबार पोखरामा ‘बीटुबी’ कार्यक्रम भएको हो । ‘पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सञ्जाल विस्तार’ को उद्देश्यसहित आयोजित कार्यक्रममा उत्तरपूर्वी भारतीय पर्यटन महासङ्घका प्रतिनिधि तथा पोखराका पर्यटन व्यवसायी सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीबिच पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान, व्यवसायिक सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विषयमा छलफल भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरी भुजेलले बताउनुभयो । दुवै क्षेत्रका पर्यटन व्यवसायीबीच प्रत्यक्ष भेटघाट र व्यवसायिक सम्बन्ध विस्तारले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको विश्वास छ ।

होटल एसोसिएसन पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भारतका विभिन्न सहरमा वर्षेनी आयोजना गरिने ‘चलिए पोखरा’ अभियानलाई उत्तरपूर्वी भारतसम्म पुगेर सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटन सम्बन्ध विस्तार गर्दै भारतीय पर्यटकको आगमन बढाउने ‘बीटुबी’ कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष संगीता पौडेलले बताउनुभयो । पर्यटन व्यवसायीबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्न कार्यक्रमले सहयोग पुग्ने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा उत्तरपूर्वी भारतीय पर्यटन महासङ्घका अध्यक्ष छिरिङ वाङ्गेले पोखरा भ्रमणका क्रममा यहाँका व्यवसायीसँग भएको भेटघाट र छलफलले आगामी दिनमा दुवै देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । पोखरासँग मिलेर पर्यटन सम्बन्धी धेरै कार्यक्रम गर्न सकिने उहाँले सुनाउनुभयो ।

उत्तरपूर्वी भारत पर्यटन महासङ्घका महासचिव याङ्चेन टोङ्देन लेप्चाले उत्तरपूर्वी भारत र नेपाललाई सिमानाले मात्र छुट्याएपनि पर्यटन क्षेत्रमा एउटै उद्देश्य रहेको बताउनुभयो । आगामी दिनमा पोखरा र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ुनपर्नेमा उहाँले जोड दिनभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • पोखरा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण पहिलो प्राथमिकता

  • Post Thumbnail

    पृतनापति समन्वयात्मक बैठक सम्पन्न

  • Post Thumbnail

    युवाकवि भट्टको योगदानलाई स्मरण गर्दै ‘मोती-लय’ आयोजना

  • तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

    तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution