
काठमाडौँ, ४ मङ्सिरः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्र जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने बताउनुभयो ।
उहाँले स्थानीय तहलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै कार्यकारी, विधायिकी र न्यायिक अधिकार प्रदान गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको सवलीकरणले देशलाई कुनै हानि नगर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले जनप्रतिनिधिलाई जनताको आलोचना होइन, विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता निर्वाचित भएपछि पनि कायम राख्नुपर्ने बताउनुभयो ।
जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे वा नगरेको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने उल्लेख गर्दै महासचिव पोखरेलले एमालेका जनप्रतिनिधिलाई सुशासनको नेतृत्व गर्न आग्रह गर्नुभयो ।
भेलामा देशभरबाट एमालेका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |