Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

झापामा जेनजीका सहिद परिवार र घाइतेको ‘डिजिटल प्रोफाइल’ बनाइँदै

जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत योजनासँग जोड्न
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (३ घण्टा अघि)
Post Thumbnail

भद्रपुर (झापा), १६ असोजः जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत योजनासँग जोड्न जिल्ला प्रशासन कार्यालयले ‘डिजिटल प्रोफाइल’ तयार गर्न थालेको छ ।

सरकारले गत असार १८ गते स्वीकृत गरेको २४ बुँदे एकीकृत योजना कार्यान्वयनका लागि जिल्लामा रहेका सहिद परिवार तथा घाइतेको व्यक्तिगत, घटनासम्बन्धी र आर्थिक तथा सामाजिक अवस्थाको विवरण सङ्कलन गरी डिजिटल प्रोफाइल तयार गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनका अनुसार झापामा जेनजी आन्दोलनका दुई सहिद परिवार छन् । हालसम्म ४० जना घाइते प्रशासनको सम्पर्कमा आएका छन् भने ३७ जनाले घाइते परिचयपत्र प्राप्त गरेका छन् । तीमध्ये २८ जनाको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट वर्गीकरण भइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले डिजिटल प्रोफाइलमार्फत सहिद परिवार तथा घाइतेको वास्तविक अवस्था र आवश्यकताको पहिचान गरी राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधासँग जोड्न सहज हुने बताउनुभयो । “सहिद परिवार र घाइतेको व्यक्तिगत, घटनासम्बन्धी, आर्थिक तथा सामाजिक अवस्था र सरकारबाट उहाँहरूको अपेक्षासहितका विवरण डिजिटल रूपमा सङ्कलन गर्दैछौँ”, उहाँले भन्नुभयो, “यसबाट कसलाई स्वास्थ्य उपचार, शिक्षा, रोजगारी वा जीविकोपार्जनको अवसर आवश्यक छ भन्ने पहिचान गरी सोहीअनुसार राज्यका सेवा सुविधासँग जोड्न सहज हुन्छ ।”

प्रजिअ पोखरेलले डिजिटल प्रोफाइल तयार गर्ने कार्य सुरु गर्ने झापा पहिलो जिल्ला भएको दाबी गर्नुभयो । उहाँका अनुसार प्रोफाइललाई आवश्यकता र अवस्थाअनुसार समय-समयमा अद्यावधिक गरिनेछ । डिजिटल प्रोफाइलमा मुख्यतः व्यक्तिगत विवरण, आन्दोलनका क्रममा भएको घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारबाट अपेक्षित सहयोग गरी चार प्रकारका विवरण समेटिने प्रशासनले जनाएको छ ।

सरकारले स्वीकृत गरेको एकीकृत योजनामा सहिद परिवार तथा घाइतेका लागि निःशुल्क शिक्षा तथा छात्रवृत्ति, आर्थिक राहत तथा मासिक भत्ता, रोजगारी तथा जीविकोपार्जन सहायता र स्वास्थ्य उपचारलगायत व्यवस्था गरिएको छ । सरकारी वा सार्वजनिक निकायमा करार सेवामा कर्मचारी नियुक्त गर्दा योग्यताका आधारमा सहिद परिवारका सगोलका एक सदस्य र घाइते परिचयपत्र वाहकलाई प्राथमिकता दिने व्यवस्था पनि योजनामा छ ।

स्वरोजगार बन्न चाहने सहिद परिवार तथा घाइतेका लागि कृषि, साना उद्योग, सूचना प्रविधि तथा स्टार्टअप व्यवसायमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको छ । स्वरोजगारका लागि विद्युतीय सवारीसाधन खरिद गर्दा भन्सार महसुलमा विशेष छुट तथा गम्भीर घाइते परिचयपत्र वाहकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट र सिट आरक्षणको व्यवस्था पनि गरिएको छ ।

प्रशासनले सहिद परिवार तथा घाइतेलाई अनलाइनमार्फत आफ्ना विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । हालसम्म सम्पर्कमा नआएका जेनजी आन्दोलनका घाइतेलाई समेत यथाशीघ्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

“सम्बन्धित सबैलाई आफ्नो विवरण सही र पूर्ण रूपमा उपलब्ध गराउन आग्रह गरेका छौँ,” प्रजिअ पोखरेलले भन्नुभयो, “डिजिटल प्रोफाइलकै आधारमा आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी तथा जीविकोपार्जनका कार्यक्रमसँग जोड्न सहज हुनेछ ।”

राष्ट्रिय समाचार समिति (रासस)

  • झापा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

    अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

  • म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ : क्यानमै कार, बाइक र स्कुटरको सरप्राइज उपहार

    म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ : क्यानमै कार, बाइक र स्कुटरको सरप्राइज उपहार

  • Post Thumbnail

    फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

  • Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संसद्मा नयाँ भवन ऐन दर्ता: गरिब तथा विपन्न नागरिकलाई  ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

    संसद्मा नयाँ भवन ऐन दर्ता: गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

    दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु

    दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु

    अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

    अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution