Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले तीन तहका सरकारबीचको आपसी समन्वय र सहकार्यबाट मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

कर्णाली, १६ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले तीन तहका सरकारबीचको आपसी समन्वय र सहकार्यबाट मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश तथा स्थानीय शासन सवलीकरण, प्रदेश कार्यक्रम सहयोग एकाइद्वारा आज मुगुको सदरमुकाम गमगढीमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सङ्घीय व्यवस्था कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार विकास निर्माणका काममा तीन तहबीच पर्याप्त समन्वय र सहकार्य गरेमा प्रभावकारी नजिता प्राप्त हुन्छ ।

“विकास निर्माण, सेवा प्रवाह तथा शासन सञ्चालनमा प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणको खाँचो पर्दछ । यसमा तहका संयन्त्र भिन्नभिन्न तरिकाले काम गर्दा उल्टै समस्या हुनसक्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामी जति आपसमा समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ अघि बढ्छौँ, त्यति जनतालाई राहत र सुविधा पाउने अवस्था सिर्जना हुन्छ ।”

उहाँले प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह र सङ्घीय सरकारका जिल्लास्थित कार्यालयको समेत महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । प्रदेश सरकारले स्थानीय तह र सङ्घीय निकायसँग गर्नुपर्ने समन्वयमा कुनै कमी हुन नदिने भन्दै उहाँले सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्यालले विकास निर्माण साझा सवाल भएकाले कार्यान्वयनका क्रममा देखापरेका समस्यालाई समाधान गर्न सबैको सहयोग त्यत्तिकै जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार सबै सरकारको एउटै उद्देश्य भनेको नागरिकका माग, आवश्यकता र समस्यालाई सम्बोधन गरी उनीहरुलाई सुशासन र सेवा प्राप्तिको अनुभूति गराउनु हो ।

उक्त अन्तरक्रियामा जिल्लास्थित प्रदेशका कार्यालय प्रमुखहरूले स्थानीय तह, सङ्घीय कार्यालयबीच विगतमा समन्वय र सहकार्यमा देखिएका समस्याबारे अवगत गराउनुभएको थियो । कार्यक्रममा सङ्घ, प्रदेश सरकारका जिल्लास्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कर्णाली
  • मन्त्रिपरिषद्
  • मुगु
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

  • जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

    जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

  • भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

  • आलेख : बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

    आलेख : बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पृतनापति समन्वयात्मक बैठक सम्पन्न

    Post Thumbnail

    युवाकवि भट्टको योगदानलाई स्मरण गर्दै ‘मोती-लय’ आयोजना

    Post Thumbnail

    ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’

    तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

    तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution