Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

रासस ३४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार (३ महिना अघि)
मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम, ८ असारः

गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ ।

मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष सबैभन्दा बढी धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.९४ मेट्रिक टनका दरले ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।

बागबानी विकास अधिकृत विश्वकर्माका अनुसार रौतहटमा १७ हजार २९२ हेक्टरमा प्रतिहेक्टर ३.०५ मेट्रिक टनका दरले ५२ हजार ७४१ मेट्रिक टन, सर्लाहीमा २७ हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.५४ मेट्रिक टनका दरले ६९ हजार ५९६ मेट्रिक टन र महोत्तरीमा २७ हजार हेक्टरमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ७२ हजार ८०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

त्यसैगरी सप्तरीमा २९ हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.८ मेट्रिक टनका दरले ८२ हजार ३२० मेट्रिक टन, बारामा २९ हजार हेक्टरमा प्रतिहेक्टर २.४८ मेट्रिक टनका दरले ७१ हजार ९२० मेट्रिक टन, पर्सामा २३ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ५९ हजार ८५२ मेट्रिक टन र सिरहामा १४ हजार १७६.४८ हेक्टरमा प्रतिहेक्टर २.५१ मेट्रिक टनका दरले ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको अधिकृत विश्वकर्माले बताउनुभयो ।

प्रतिकूल मौसम, रोग कीराको प्रकोप र सिँचाइ तथा गुणस्तरीय बीउबिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    बाढीपीडितलाई ६३ लाख सहयोग

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

  • Post Thumbnail

    यातायात भाडा समायोजनको माग

  • Post Thumbnail

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

    Post Thumbnail

    बाढीपीडितलाई लायन्सद्वारा २६ लाखको राहत सामग्री

    शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

    शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

    Post Thumbnail

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution