Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
एक्सन नेपाल

धादिङको बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

बालबालिकाको शिक्षामा निरन्तरता कायम राख्ने उद्देश्यले छात्रवृत्ति सहयोग
प्रत्यूष ५६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार (४ महिना अघि)
धादिङको बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

धादिङबेशी,३० जेष्ठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत १५० जना विपन्न तथा सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्तिस्वरूप शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

एक्सन नेपालको आयोजना तथा Hart4wonderwijs Nepal (डच फाउन्डेसन)को आर्थिक सहयोगमा सञ्चालित ‘सदिक्षा छात्रवृत्ति परियोजना’ अन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालय र बितेस आधारभूत विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीलाई उक्त सहयोग प्रदान गरिएको हो। लाभान्वितमध्ये पञ्चकन्या माध्यमिक विद्यालयका ११८ जना र बितेस आधारभूत विद्यालयका ३२ जना विद्यार्थी रहेका छन्।

विद्यार्थीलाई विद्यालय पोशाक, जुत्ता, मोजा, झोला, कापी, कलम, पेन्सिल, ज्यामिति बक्स, क्यालकुलेटर, ड्रइङ कापी तथा रङ्गीन पेन्सिललगायतका सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ।

एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाका अनुसार आर्थिक अभावका कारण विद्यालय छोड्ने जोखिममा रहेका ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको शिक्षामा निरन्तरता कायम राख्ने उद्देश्यले छात्रवृत्ति सहयोग उपलब्ध गराइएको हो।

स्थानीय समुदाय तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले यस्ता सहयोगले विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच र निरन्तरतामा सहयोग पुग्ने बताएका छन्।

एक्सन नेपालले शिक्षा, जीविकोपार्जन, पोषण, विपद् जोखिम न्यूनीकरण, खानेपानी तथा सरसफाइ, सुशासन र युवा नेतृत्व विकासका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि शैक्षिक अवसरबाट वञ्चित तथा जोखिममा रहेका बालबालिकाका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

  • Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

  • Post Thumbnail

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

  • Post Thumbnail

    चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

    Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution