Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

“बालेन द लुसिफर”

प्रत्यूष ५७२५ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २८, आईतबार (९ महिना अघि)
“बालेन द लुसिफर”

लुसिफर बारे बाईबलको इजिकेल २८ (Ezekiel-28) र आजिया १४ (Isaiah-14) मा उल्लेख गरिएको छ । जसका अनुसार स्वर्गमा गड (न्यम) अर्थात् प्रभुको राज हुन्छ । प्रभुले भन्नुभएको सबै कुरा मान्नुपर्छ, उहाँको वचन सत्य वचन हुन्छ, त्यो नमान्ने जोकोही पापी हुन्छ भन्ने मान्यता छ । प्रभुले गलत नै भन्नुभयो या गलत नै गर्नुभयो भने पनि त्यो कुनै पुनित उद्देश्यको लागि गरिएको हुन्छ, त्यो पनि सही नै हुन्छ ।

भगवानले गल्ती गर्नुहुन्न भन्ने मान्यता हुन्छ । त्यहि ग्रन्थमा लेखिएको एउटा पात्र हो “लुसिफर“ त्यस्तो असाधारण पात्र जो पहिले शक्तिशाली, प्रिय, तेजस्वी देवदूत थिए तर पछि जब ऊ विद्रोही बन्छ, स्वर्गको व्यवस्था माथि प्रश्न गर्छ, वैकल्पिक विचार राख्छ, अरूलाई पनि प्रभुहरूको विरुद्धमा उकास्न सुरु गर्छ अनि उसलाई फरक विचार राखेकै कारण र विरुद्ध गएकै कारण, विद्रोह गरेकै कारण अन्त्यमा लुसिफरले सजाय पाउँछ । उ स्वर्गबाट निष्कासित हुन्छ र नर्कमा झारिन्छ । त्यसपछि उ सैतान करार गराइन्छ । उ सैतान बन्छ ।

यी त भए बाईबलको कुरा अब यता नेपालपट्टि फर्केर बालेनलाई हेरम उनी कसरी ‘लुसिफर’बने ?
२०७९ सम्म काठमाडौं महानगर राजनीतिक दलहरूको सर्कलमा सीमित थियो । स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना लगभग असम्भवजस्तै थियो । तर एउटा युवा–इन्जिनियर, र्यापर, अनि चलिरहेको सिस्टमको आलोचक लौरो बोकेर काठमाण्डौ महानगरपालिकाको मेयरको उम्मेदवार बनेर आउँछन् ।

पुराना दलप्रति वितृष्णा, सुशासनप्रतिको आकांक्षा, नयाँ पुस्ताको नेतृत्वको भोका काठमाण्डौबासीले उनलाई भारी मत दिन्छन् उ उनी काठमाण्डौको मेयर बन्छन् । इतिहासमै पहिलोपटक एक स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको कार्यकारी प्रमुख बन्छन् उनी ।

उसले चुनाव अगाडी शहर फोहरमुक्त बनाउने, सडकको ट्राफिक समस्या चुट्किमा समाधान गर्ने, असफल प्रणाली भत्काउने नारा बोकेर आएका थिए तर समय बित्दै जाँदा उनले भनेजसरी काम गर्न सजिलो भने थिएन ।
तर समय बित्दै जाँदा ऊ आफैं प्रश्नको घेरामा परेः कुरा ठूलो, काम सुस्त भन्दै यदाकदा बालेनकै पनि बिरोध हुन थाल्यो ।

यसो त महानगरभित्रका समस्या सामान्य भने थिएनन् । फोहोर माथिको फोहरी राजनिती, ठेक्काको राजनीति, भूमाफियाको जालो, सडक, पार्किङ, फुटपाथदेखि नीति–निर्माण तहसम्मै फैलिएको राजनितीरुपी ऐजेरू उनले उखेलेर मिल्काउन सकेनन् । घुसखोरी प्रणाली, भागबन्डा, पार्टीहरुको हस्तक्षेप, योजनागत अवरोध जस्ता कुराहरुले उनलाई निरन्तर घोचिरहे र उनी ’र बार्ज (Raw barz)’ ताकाका ¥याप ब्याटलको बालेन जसरी आक्रामक हुन थाले ।

उनले फेसबूकमा कहिले “सिंहदरबार जलाईदिन्छु“ त कहिले “नेताहरुलाई सिसडोल डम्प गर्नुपर्छ“ भन्न थाले । कहिले उनी फिल्ममा भएको एउटा दृष्यलाई लिएर फिल्म नै काण्ठमाण्डैमा ब्यान गर्नुपर्छ भन्दा अदालतले उनको निर्णय उल्ट्याईदिएको झोकमा न्यायापालिकामाथि पनि खनिन थाले । अझ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनताका उनले लेखेका स्टाटस र आन्दोलनलाई गरेका सांकेतिक समर्थनले त उनलाई अझ धेरै अलोचित बनाए । उनले सिंहदरबार जलाईदिन्छु भनेर स्टाटस लेखेको २ बर्षपछि आन्दोलनको बेला साँच्चिकै सिंहदरबार जलेको बेलाचाहिँ निभाउन गएनन् भनेर गालिको बर्षा नै हुनथाल्यो । उनले युवाहरुलाई उचाले अनि आन्दोलन उग्र बनेर बिध्वंस मच्चिएपछि एकाएक गयाव भए भन्ने आरोप लाग्न थाल्यो । झनै मध्यरातमा आएको र केही बेरमै डिलिट भएको फेसबूक स्टतसले त झन् तहल्कै मच्चायो । यस्तै यस्तै कारणले “हिरो बालेन” लाई कहिले “डिक्टेटर” त कहिले “लुसिफर” जस्तो नाम दिईन थालेको पाईन्छ । – तीन वर्षको कार्यकालमा बालेनमाथि चुनावताका गरेका वाचा कति पूरा भए ? – फोहोर समस्या समाधानबारे के भयो ? – प्लास्टिक–अस्फाल्ट मिसाएर पिच गर्ने योजना कता पुग्यो ? – अर्गानिक फोहोरलाई मल बनाएर बजारमा बेच्ने योजना के भयो ? – अहिले सम्म किन लागू भएन ? – ट्राफिक व्यवस्थापन ? – स्कुल–अफिस समय फरक गर्ने नीति किन लागू भएन ? – २४ घण्टै ‘लाइभ सिटी’ योजना कहाँ पुग्यो ? – चुनाव पछाडी पत्रकार भेट्न किन बन्द भयो ? – किन जनसम्पर्क कमजोर भयो ?
भन्नेजस्ता प्रश्नहरुको चाङ छ । यी प्रश्न आधारहीन भने होइनन् । महानगर पनि एउटा सरकार हो । बजेट छ, कार्यकारी अधिकार छ, सरकारमा हुनुपर्ने तिनओटै अंगहरु पनि छ । त्यसैले अवरोध कसले गरे ? कसरी गरे ? कुन ठाउँमा रोकावट आयो ? भन्नेजस्ता जवाफ अब यो बालेन आफैंले स्पष्ट रुपमा भन्नैपर्छ ।

किनकि नेतृत्व जवाफदेहि नहुँदा अविश्वास बढ्छ, अनि अविश्वासले नै बालेनलाई लुसिफरको बनाएको हो ।
अबको मुख्य प्रश्न, “बालेन असफल व्यक्ति हुन् कि असफल प्रणालीका कैदी ?” बालेनको नियतमा शंका कमै छ । भ्रष्टाचारको प्रमाण पनि आएको छैन, खास्सै निजी स्वार्थ पनि देखिँदैन । तर नियतले मात्रै भने शहर चल्दैन। काम गर्न बाधा पु¥याउने संरचनागत समस्याहरू, राजनीतिक घेराबन्दी, कर्मचारीतन्त्र, कानुनी दायरा–सबै जनतासमक्ष स्पष्ट हुन जरुरी छ । यो जनतामाझ स्पस्ट पार्नु नै पर्छ ।
अहिले हामिले बुझ्नुपर्ने मूल कुरा ’नेपालमा समस्या व्यक्तिको होइन, सिस्टमको हो ।’ त्यही सिस्टमले लुसिफर जन्माउँछ, अनि त्यही सिस्टमले लुसिफरलाई सैतानको रूपमा चित्रित गर्छ । बालेनले नै भनेजसरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री आए पनि वरिपरि यस्तै संरचना रहिरह्यो भने सिंहदरबारमा पनि ‘१०० नयाँ लुसिफर’ जन्मिनेछन् । किनकी बालेन आफैंमा जननिर्वाचित मेयर हुन्, स्थानीय सरकार प्रमुख । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तर अहिलेको संरचनाले उनी लुसिफर बन्न पुगे ।

अन्त्यमा
सौरभ–टीकारामको पोडकास्टबाट सुरू भएको “लुसिफर” को मिथक अहिले राजनीतिक भाष्य बन्न पुगेको छ ।
तर वास्तविक लुसिफर को हो ?
आज्ञापालन नगर्ने बालेन ?
वा आलोचना सहन नसक्ने सत्ताको मानसिकता ?
लोकतन्त्रमा “विद्रोह” शब्द गलत होइन,
तर “जवाफदेहिता” अनिवार्य छ ।
आजको प्रश्न सरल
हिजोको हिरो किन आजको लुसिफर भयो ?
र लुसिफर बन्न बाध्य बनाईयो कि आफैं बने ?
यसको उत्तर खोज्नु बालेनका लागि मात्रै होइन, नेपालका आगामी कार्यकारीहरूका लागि पनि अपरिहार्य छ । प्रस्तुत भनाईहरु लेखकका निजी बिचारहरु हुन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

    Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

    Post Thumbnail

    ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution